क्‍वारेन्टीनमा बसेका व्यक्तिको मृत्यु

दैलेख, १७ जेठ : जिल्लाको एक क्‍वारेन्टीनमा बसेका व्यक्तिको मुत्यु भएको छ ।  १० दिनअगाडि भारतबाट आएर क्‍वारेन्टीनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुषको क्‍वारेन्टीनमा मृत्यु भएको हो ।

कामको सिलसिलामा भारतमा रहेका उनी लगायतलाई नगरपालिकाले उद्धार गरि ल्याएको थियो  । नगरपालिकाले बनाएको क्‍वारेन्टीनमा बस्दै आएका उनको निधन भएको हो । क्‍वारेन्टीनमा बेहोस भएपछि क्‍वारेन्टीनमै उपचार गरिएको थियो ।

उनको क्‍वारेन्टीनमै उपचारका क्रममा शनिवार बिहान १० बजे मुत्यु भएको दुल्लु अस्पतालका प्रमुख डा. पूजा बिसीले बताइन् । मुत्यु भएका उनको कोरोना परीक्षणका लागि तिन दिनअगाडि स्वाब कर्णाली स्वास्थ्य बिज्ञान प्रठिष्टान जुम्लामा पठाइएको छ।

तर अझै रिर्पोट आउँन बाँकी रहेको डा. बिसीले बताइन्।

सम्बन्धित खवर

Back to top button