थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १७ जेठ : नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाका एक जना महिलासहित ९ जनामा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका–१ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको यादवले बताए ।

डाक्नेश्वरी नगरपालिकाका १८ वर्षिय, २० वर्षिय, २५ वर्षिय, ३५ वर्षिय, ४१ वर्षिय, ४५ वर्षिय, ४४ वर्षिय, ४८ वर्षिय र ६० वर्षिय उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए ।

सम्बन्धित खवर

Back to top button