मन्त्रीपरिषद्को बैठक साँझ ५ बजे


काठमाडौं, १७ जेठ : मन्त्रीपरिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ। मन्त्रीपरिषदकाे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।
बैठकमा शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकको निर्णय पेस गर्ने तयारी छ । समितिले अर्को सातादेखि तेस्रो देशबाट नेपालीको उद्धार थाल्ने निर्णय गरेको थियो।



आजको बैठकमा कोरोनाभाइरस रोकथामका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन, विदेशमा अलपत्र नेपालीको उद्धार लगायतका एजेण्डामा छलफल हुने अनुमान गरिएकाे छ ।
विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिले यसअघि नै सिफारिस गरिसकेको छ। लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै मोडालिटी जारी गर्ने सरकारको तयारी रहेकाे छ ।
त्यसअघि दिउँसो ४ बजे सुरक्षा परिषद्को बैठक बस्ने भएको छ।








