कथित जातकाे जराे अब यसरी उखेलिनेछ

…यसपछि मात्रै दाबीका साथ भन्छु जात मानवताको, धर्म प्रेमको, भाषा हृदयको हुनेछ र हामी यहीं धर्तीमा मानव एकै सृष्टिका सन्तान हौं भन्ने विशाल भावनाको विकास हुनेछ अनि हाम्रो नशानशामा देशप्रेमको साझा रगत बग्नेछ र देशले विकाससिल ,स्वाधीन र राष्ट्रिय मुक्तिका लामबद्ध यात्री पाउनेछ । माटोमा रगत हैन पसिनाको सिंचाइ हुनेछ “जय स्वाभिमान” !

– मानव उत्पत्तिको लाखौं बर्षको इतिहास छोडिदिनुहोस् ईशापूर्व ७३ वर्ष पहिले कहींकतै पनि जात थिएन । जात थियाे त केवल मानिस र जनावर मानिसमा महिला र पुरुष लिङ्ग। जसलाई सजिलोको लागि हामी दुइजात भन्छौं। तर त्यति बेला एउटा यस्ताे महा अभिजात भने थियाेे जसले मान्छेलाई पसलमा राखेर खरिद बिक्रि गर्ने गर्दथ्यो । गरिबहरुलाई नाेकर र दासकाे उपमा दिंदै कहालीलाग्दाे जीवनयापन गराउन विवश बनाउंँथ्यो । दासहरुकाे एउटा मात्रै विकल्प हुन्थ्याे कि मुन्डिमा बिक्रि हुनु र तत् पश्चात मालिकहरुकाे आज्ञा पालन गर्दै सुखसयल र भाेगबिलासकाे एउटा साधनकाे रुपमा मात्र उपयाेग हुनु जो दासहरुको कर्तव्य नै थियाे।

त्यसका अतिरिक्त उनीहरुलाई प्राकृतिक, अप्राकृतिक, पशुवत् र मुख मैथुनका रुपमा पनि प्रयाेग गरिन्थ्यो । अर्काे बर्बरता त के थियाे भने उनीहरु मनाेरञ्जनका मुख्य साधन पनि थिए । जहाँ माेटा, बलिया र सुरवीर दासहरुलाई भाला, खुकुरी र त्रिशुल जस्ता हतियार सहित (एकअर्कामा गोरु जुधाइने जस्तो) भिड्ने खेल खेलाउने गरिन्थ्यो । जहाँ बिजेता बन्न पराजितकाे हत्या गर्नै पर्दर्थ्याे । सायद, यति भनेपछि दासीहरूको जीवनगाथाले भरिएका ती इतिहासका हजारौं पानाहरुमा के के छन् त्याे हामीलाई स्मरण भैसक्ला तथापि  एउटा शुन्दर दास इतिहासको खेल जसले महान क्रान्तिकाे हजारौं पाइला मध्य पहिलाे पाइलाको उदारण पेश गर्याे जसलाई म प्रस्तुत गर्न चाहान्छु ।

– एक दिन रोमन सम्राज्यका मालिका २ जना युवाहरुलाई २५ हजारको ठूलो राशिको बाजिदाउमा दासहरुकाे भिडन्तवाल खेल हेर्न रहर जाग्याे र उनीहरुले खेलाडीकाे रुपमा डेभिड, सपार्टाकस र निग्रो लगायतका सुरवीर दासहरुलाई झिकाएर युद्ध मैदानमा उतारे। जब त्याे भिषण खेलमा दास खेलाडी भाला र त्रिशुल लिएर उत्रिए रेफ्रिले सिटी मारे भिडन्त सुरु भयाे रगतले लतपतिएका निग्रो खेलमा बिजय भए तर आफू संग पराजित ग्लैन्डरकाे हत्या गर्न भने सहमत भएन । याे बिद्राेहकाे पहिलाे झिल्काे र अदम्य साहास थियाे। तर ती नरभक्षी मालिकहरुले अर्काे दासलाइ लगाएर आफ्नो साम्राज्य कायम राख्न ग्लैन्डरकाे भालाले खोपी खोपी हत्या  गरे ।

त्यसपछि पालाे आयो अर्काे जाेडी ड्रावा र स्पार्टाकसकाे जब रेफ्रीले सिटि फुके तब त्याे रणमैदानमा भाेकाे बाघ झै गर्झिएर हातकाे त्रिशुलकाे निशाना ड्रावाले ती नरभक्षी बाजिवाल मालिकहरुलाई निशाना बनाइदिए र ठाेकिदिए तत्कालै उनलाई पनि रोमका नाेकर सेनाले भालाले छेडिदियाे । जतिबेला राेमन सेना संसारकै शक्तिशाली सेना थियाे यद्यपि उनकाे त्याे साहसले क्रान्तिकाे अर्को आगो यसरी बालिदियाे कि स्वयम ड्रावा बिरुद्व लड्न उभिएका दास स्पार्टाकसले भिषण क्रान्तिको नेतृत्व गर्न पुगे।

त्यसपछि उनको नेतृत्वमा युद्व यतिसम्म भयाे कि विश्व बिजेता हातहतियारले सु-सज्जित राेमन साम्राज्यकाे सेनालेे आवेग, आँसु र रगतले लतपतिएका दासहरूको विजय अठोटका अगाडी निर्लज्ज पराजय भाेग्नु पर्याे । तीन – तिनपटक भएको दास विद्राेहकाे दमन रोमले यसरी गर्याे कि दासहरुलाई एकैपटक लाईन लगाएर सडकमा लाखौंको संख्यामा गोलि ठोकिदियो । तर पनि अन्तत राेमन साम्राज्य पराजय व्यहाेर्न बाध्य भई दासहरुसंँग मिलेर संयुक्त प्रजातन्त्रिक सरकारको स्थापना गर्यो । यद्यपि गद्दारहरुले पुँजिवादका विरुद्ध र जनताका पक्षमा काम गर्न चाहने दास नेताहरु माथि बारम्बार घात गरिरहे।

तथापि बिश्वका मानव जातिकाे इतिहासमा स्वतन्त्रताका पहिलाे महान क्रान्तिकारी याेद्वाहरुले संसारभरिका पशुवत जिबन बिताइरहेका ति दासहरुकाे मुक्ति यात्राकाे बिगुल फुके जसलाई दासहरुले मात्र हैन परिवर्तनकारी विश्वका जनता र मालिकहरुले समेत गहिरो संवेदना प्रकट गरे । पछिल्लाे पुस्ताले अझै बडी जयजयकार गर्दै मुक्ति यात्राकाे आराेहण गर्याे । र विश्वभरीबाटै सधैकाे लागि दास प्रथाकाे कालो इतिहास बाहेक सवै कर्तुतहरुको अन्त्य भयाे। समाजको रोग, भोग गरिबी र मानव अन्यायका विरुद्ध एक हुंँदै देश निर्माणको महाअभियानको सु्त्रपात सुरु भयो। आज तिनै देश रगतले सिंचित धर्तिबाट ब्रमाण्डको खोजी गर्दैछन्।

अब हेर्नुस् त्यही ढङ्गले नेपालमा कस्तो अमानवीयताले हाम्रो समाज जगल्टिएको छ ? र साेच्नुहाेस् नेपालमा किन विकास भएन ? यहि देश हाे हिजो कहिल्यै कसैकाेे गुलाम भएन । न त कसैले पराजित नै गर्न सकेका थिए । सात दशक पहिला चीन र भारत हाम्रा सामु गुलाम र कङ्गाल थिए ठिक यहीं दशक पछि आज हेर्नुस् उनिहरु कहाँ पुगे हामि कहाँ छाै ? यहाँ भर्खरै जन्मेकाे त्याे दुधे बालक पनि आमाकाे दूधमा कर तिर्नुपर्छ जसकाे वार्षिक ४० हजार पर्न आउंँछ । प्रत्येक १० वर्षमा २० लाख युवा हरहिसाबले याेग्य हुन्छन् तर मुस्किलले ५ लाख सामान्य साक्षर हुन्छन् र बाँकि १५ लाख जाे संँग भविष्य निर्माणकाे भिषण ठूलाे जिम्मेवारी छ उनै युवाहरु आज राज्यबाट बेखबर र गुमनाम छन् तर बिडम्वना कुनै शासककाे सत्ता आकाङ्क्षा पलायाे भने, सभा, सम्मेलन, चुनाव र युद्व नै गर्नु पर्ने भयोभने चाँहि एकाएक यी हतियारकाे रुपमा प्रयाेग भईदिन्छन् ।

रुपान्तरण, परिवर्तन र अधिकारबाट यी कयौं माइल टाढा र तिरस्कृत छन् तर पनि यहीं माटोमा गरेको त्याग, तपस्या र समर्पणले गद्दारहरुको कुटिल सपना मात्रै पुरा गरिदिएनन् विदेशमा बगाएकाे रगत पसिना बाट समेत सत्ताका स्याल हुडार र गिद्धहरुको तलदेखि माथिसम्म मज्जैले मिलेर भोगविलासको इच्छा पूरा गरिरहने साधन र नोक्करका रुपमा काम गरिरहेका छन्। आज तिनै युवाहरुको लासमा ललकार गरिरहेका छन् गाँउ सहर, सिंह दरबार देखि हर ठाँउका छदमभेषि नवधनाढ्य सामान्तहरुले ।

-अब अर्को डरलाग्दो गरि नेपाली समाजमा जरा गाडेर बसेको कथित जातीय सवालमा जाउंँ । जुन जातीय कारणले रुकुममा आधा दर्जन युवाहरुकाे सामूहिक नरसंहार भएको छ । आज आफ्नो सुन्दर सपना बोकेका शीर संँगै ढलिरहेका लासहरुले मात्रै हैन त्यहाँ प्रेमले भरिएका छात्तीहरुमा बृद्ध बाको हातबाट घोची घोची अगोमा पोल्नु पर्दाको कहालीलाग्दो दृश्य र मरिरहेको छोरा पनि आउंँछ होला है भनेर जिद्दी गर्दै आँशुको सागरमा डुबेकी आमाहरुको चिच्याहटले संसार स्तब्ध बनाइरहेको छ। धन्य भगवान ती नरपिचासहरुलाई घर भित्र एक हप्तासम्म थुनिथुनि कोर्रा हानेर जोजो बाँदर धपाउन जसरी गएका थिए तिनलाई नवराजका जीवित साथीहरूबाट चिनाउन लगाइ तिनिहरूलाई नै बिन्ती बिसाउने गरि कुट्न लगाएर जन्म कैदका लागि ती अपराधी मानिसहरूलाई कारागार चलान गर्नु पर्नेमा खुलेआम हामीले यसरी लखेटिम भनेर एक से एक मेडियामा आइरहेका छन्। अझ भन्छन पुलिस र हामीले संँगै लखेटेका थियौं, हो त्यहाँ लाचार पुलिसको सहित गम्भीर गल्ती मात्रै छैन् मिलेमतो पनि देखिन्छ।

यो घटनाको जति नै निन्दा र भर्सना गरे पनि पुग्ने छैन्। तर आज म ती महान योद्धाहरू जसले जात हुन्छ भन्ने नरपिचासहरुको गाँउमा दिउँसै साझा रुपमा जानि नजानि आफ्नो अपमानका विरुद्ध अधिकारको धावा बोल्ने ऐतिहासिक साहास गरे नवराज बिक, गोबिन्द शाही, गणेश बुढा, टिकाराम सुनार, सन्दीप बिक र लोकेन्द्र सुनार उनीहरुप्रति उच्च र गर्भका साथ भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै मृत्युलाई जितेर बाँचेकाहरु प्रति म उच्च सम्मान प्रकट गर्दछु । जसले कामी नवराजको इतिहासमा अजम्बरी साहास गरेर नयाँ जीवन पाए, यति मात्रै हैन म ति नवराजकी प्रेमिका बैनि सुष्मा मल्ल प्रति पनि उच्च सम्मान व्यक्त गर्दछु जसले त्यो बुच्चर हत्यारा संस्कारको घेरा तोड्ने ठूलो आँट गर्दै कामी नवराजसँग तन साटेकी थिइन्। भलै अब ती हत्याराहरुको प्रपञ्चबाट दिलमा राज गरेको नवराजको राजलाई लत्याउन सक्लिन नवराजको अभावमा सन्तुष्टी भने कहिल्यै यो जुनि त के साच्चै हुन्छन् नै भने ति कयौं जुनिसम्मा पनि हुने छैनन्।

यसर्थ: याे नेपाली समाजकाे सबै भन्दा कलंकित र अमानवीय संस्कार यसलाई म छोटकरीमा माथि वर्णन गरिएकाे दासहरुकाे जीवनगाथा सँग तुलना गर्दै बाँकी तपाईंहरुको हातमा छोडिदिन्छु ।

यहाँ अर्को अच्चम त के छ भने एक्काइसौं शताब्दिकाे विज्ञान र प्रविधिमा प्रवेश गरिसकेको नेपाली समाजमा जात र वर्गले यसरी डरलाग्दोसँग जरा गाडिरहेको हुनु र यसकाे समाधानमा गरिएका विद्राेह, आन्दाेलन र क्रान्तिले यसको समाधान नखोजिनुले अब यसको समाधानको असली रुप कस्तो हुनसक्ला हामी सजिलै अनुमान गर्न सक्छौ । यद्यपि, यसको मूल कारण तिनै मालिक प्रवृत्तिका हत्यारा सामान्तहरुको ब्राह्मणवादी राज्य सत्ताको पराकाष्ठा हो। जुन सीमित ब्राह्मण सोचले सिङ्गो नेपाली जातिलाई अस्तब्यस्त बनाएको छ। यस्तो बर्बरता हेर्दा लाग्छ नेपालमा मान्छेका बारेमा सोच्ने बुद्विजिबि हैन बुद्व जिबि मात्रै छन्, गुरु हैन गाेरुहरु छन् यिनले चलाएर ल्याएको यो समाजको कुरीति सम्झदा याे लेख्दै गरेकाे कलम भाँचिदिउ ,कापि च्याति दिउँ, मन भित्रबाटै आगाेकाे धुवा निस्कने गरि चिच्याएर क्रान्तिको बिगुल फुकौं । यस्ता पलपलका जघन्य अपराधिक घटनाक्रमले जाे काेहि परिवर्तनका खातिर युवाहरुलाई भविष्यकाे अन्धकार बाटाे तिर धकेलिरहेकाे गहिरो आभास हुन्छ। स्मरण रहोस् नेपालमा करिब १० लाख ५५ हजार घर परिवारले अन्तरजातीय विवाहको गरि घिनलाग्दो संस्कारलाई जितेर स्वसम्मानका साथ बसेका छन ।

आज जुन देशमा जात त थिएन नै दास भन्ने रगतले कोरिएकाे इतिहासले पनि दास वर्ग प्रति पछिल्लाे मालिक पुस्ताको सदुभाव उच्च रहन्छ। बिडम्बना नेपालमा जसले नेपाली सामाजको सुरुदेखि नै कथित दलित, जनजाति, मधेसी र तमाम अल्प संख्याक एवं कथित उच्च जातका गरिब किसानहरु माथि निरन्तर राज गर्यो र आफूलाई सिंह ठान्ने जातको पगरी पायो त्यहीं अभिजातले ९०% उत्पीडित  जनताको भावनामा लाद हान्ने काम गरिरहेको छ । अब लडाइँ दुईवटा जातसँग मात्रै हुन्छ एउटा जात मान्ने र अर्को जात नमान्ने समाजमा अरु रहनन् । अब यसको सुरुवात र समाधान अब कथित तल्लो मात्रै हैन माथिल्लो जातकै युवा र समाजले नै गर्नेछन्। किनकी आज चारै तिर उनीहरू मारमा छन न त राज्यबाट सेवा पाउछन् न त सामाजिक सदभाव। चरम गरिबिको अभावमा रुमलिएका छन्।

यसको उदाहरणको रुपमा सरकारले ल्यएको सत्ता केन्द्रित कपोलकल्पित जो ७५% चालु खर्च गर्ने गरि नेपालका २ जना धनाड्यहरुको पुँजी जतिको बजेट भाषण नै काफी छ। अझ पनि हामी नेपालीहरु हात बाँधेर, मुख थुनेर, आँखा चिम्लेर कुथ्थु परेर, समाज बिगारेर,कुहिएको विचार नै बोकेर बसिरहेका छौं । न त हामीसँग स्वाधीनता छ ? न त विदेशीहरूसँग शीर उठाउने शक्ति ? न त शान्ति, सुरक्षा र अमनचयन ? न जनताको अधिनमा सरकार !

यसर्थ : अब यस राष्ट्रको महा दुस्मन र सामाजिक गतिको बाधकका रुपमा रहेका तथ्यहरुको नष्ट गर्दै महामुक्तिको यात्रामा जनता जुरुक्क उठ्नै पर्दछ र त्यसकाे नेतृत्व युवाहरुले गर्दै तत्कालीन समस्याका रुपमा रहेको तपशिलका मुद्दाहरुको छिनोफानो गर्नु पर्ने हुन्छ । यसका लागि नेल्सन मण्डेलाको जस्तो बन्दि जीवन वा ड्रावाको जस्तो साहदत हुन किन नपरोस् मुक्ति दिलाएरै छाड्नुपर्छ ।

१ . कथित ४ जात ३६ वर्ण सहित दलित शब्द र दलितका नममा खोलिएका संघ संस्था, कोटा र आरक्षण प्रणालीको खारेजी एवं कोटा खाएर भोटा मात्रै फेरेका विभिन्न क्षेत्रका डलरवादी, कायर,पिछलग्गु र गद्दार दलित भरौटे अगुवाहरुलाई पहिलो भाटेकारबाही ।

२.पहिचान जातको हैन कला कौशलता र क्षमताको हुनेगरी पहिचानको परिभाषा गर्दै पहिचानको राजनीतिलाई सदाका लागि निषेध ।

३.कथित दलित आयोग भङ्ग गरी संयुक्त जातीय एकिकरण बिभाग र सांस्कृतिक न्यायलयको गठन जहाँ जाति,भाषा, धर्म, लिङ्ग, वर्ग र क्षेत्रका आधारमा हुने विभेद र अन्यायको फैसला हत्यारालाई मृ’त्यु दण्ड दिने कानूनको निर्माण हुन्छ।

४.सबै प्रकारका अपमानित चिनारी झल्काउने नागारिकता र प्रमाण-पत्रहरु स्व-इच्छामा शब्द राखि वा सरकारले तोकेको थर नेपाल वा नेपाली राखेर बदल्न र सच्याउन पाउने व्यवस्था

५. सरकारले नै सांस्कृतिक दस्ताको निर्माण गरि प्रत्येक स्थानीय तहमा अभियानको रुपमा परिचालन ।

६. राज्यले सम्पूर्ण दलित समुदायसँग युगौं देखि गरिएको विभेद प्रति क्षमायाचना गर्दै उचित पुरस्कार सहित प्रत्येक परिवारलाई सम्मान ।

७. देशका सबै निम्न वर्गका नागारिकहरुको गाँस,बास, कपास, स्वास्थ्य, शिक्षा,सुरक्षा र रोजगारी राज्यबाट ।
– यसपछि मात्रै दाबीका साथ भन्छु जात मानवताको,धर्म प्रेमको,भाषा हृदयको हुनेछ र हामी यहीं धर्तिका मानव एकै सृष्टिका सन्तान हौ भन्ने विशाल भावनाको विकास हुनेछ अनि हाम्रो नशानशामा देशप्रेमको साझा रगत बग्नेछ र देशले विकाससिल, स्वाधीन राष्ट्रिय मुक्तिका लामबद्ध यात्री पाउने छ। माटोमा रगत हैन पसिनाको सिंचाइ हुनेछ “जय स्वाभिमान” !

सम्बन्धित खवर

Back to top button