डिलकुमारीकाे सपना, संघर्ष र सफलता


चितवन, १८ जेठ : राष्ट्रिय महिला क्रिकेट टोलीमा असल खेलाडी बनेर तल्लाे लेभल देखि क्रिकेटलाई दिगाे बनाउँनका लागि सहज थिएन् र छैन् पनि । राज्य र समाजले महिलालाई क्रिकेट खेलमा त्यति प्रथामिकता पनि दिएको देखिँदैन् । तर डिल कुमारी नेपाल जसमा चितवनमा महिला क्रिकेट संघ जन्माउने अठोट नै उनको खेल जीवनमा युर्टन थियो।
निडर स्वभावकी नेपालमा खेलप्रति अत्यन्तै रुचि र खेलमा महिलालाई अघि लैजानुपर्छ भन्ने भावना थियाे । आफ्नो चाहनालाई पिल्सेर खेलाडीहरु अन्य पेशामा लाग्न थाल्छन् । उनीमा हरेक दिन, हरेक रात यहीँ खेल नै सपनाको विषय बनाउँदै गइन् । कठोर मेहनतले नै आफ्नो चाहनालाई बलियो बनाउँदै खेल क्षेत्रमा उचित स्थान बनाउन सफल भइन् । बिगत केही वर्ष यता नेपाल महिला क्रिकेट टोलीमा राम्रो स्थान बनाउँदै सफल क्रिकेट खेलाडी भइछाडिन् ।



उनी क्रिकेट टिम मेनेजर बनी चितवन क्यानकाे पुरुष राष्ट्रिय टिमलाई समेत सम्हाल्दै आफू पनि खेल्दै , क्रिकेटकाे संरक्षण गर्ने एक विशाल साेचमा छिन् । उनले हाल देशविदेशको क्रिकेट शिक्षामा विशेष चासो दिएकी छन् । बाल्यकालदेखि नै खेल क्षेत्रमा राम्रो पहिचान बनाउने सपना बुन्थिइन । उनीमा जति रुचि खेल क्षेत्रमा थियो त्यो अनुसारको रुचि क्रिकेटमा भने थिएन् ।
पछिल्लो चरण उनिले २०६५ सालमै महिला क्रिकेट संघ खाेलि उनी चितवनमा उदाईन् । त्यसपछि खेलकुद गतिविधिमा बिट हेन पहिलाे महिला पत्रकार पनि बनिन् । कलमले नै खेल जगत्तलाई पहिचान बनाउने डिलकुमारीलाई विस्तारै क्रिकेटको व्याट मन पर्न थाल्यो । अहिले अलराउन्डर खेलाडी नेपालको सपना साकार पारेर देखाई दिए कि छिन् । विद्यालयस्तरमा उनले भलिबल खेल्ने साथीहरुलाई कलब स्तरीय भलिबल खेलमा समाहित गरि टिम क्यापटेन समेत बनी विजयी गराउँदै विभिन्न शिल्ड हात पारेकि छिन्।

उनी हस्तकलामा पनि उत्तिकै अब्बल छिन् । विद्यायमा पढाइ समेत उनकाे राम्रो भएकाे उनका प्रधानाध्यापक मणिलाल कुंवरले बताए ।पछिल्लोपटक उनिले क्रिकेट आयाेजना आफ्नै क्लवबाट गर्दै विभिन्न प्रतियोगिताबाट क्रिकेट क्षेत्रमा उदाइरहेकी छिन् । चितवनमा जन्मिएकी डिलकुमारीलाई खेल राजनीतिका कारण भने क्रिकेटमा अघि आउन भने केही निकै संघर्ष गर्नुपर्यो।
चितवन जिल्ला खेलकुद महासंघको सचिव रहँदा निकै राम्रो काम गरेको बताउँछिन् । उनी क्रिकेटको नारायणी अञ्चल समिति खेलकुद बिभाग सदस्य समेत भइसकेकी छिन् । पछिल्लो पटक नेपाल खेलकुद महासंघकाे चुनावमा समेत भाग लिँदै नेपाल खेलकुद महासंघकाे केन्द्रीय क्रिकेट संयाेजक समेत बनिन्।
डिलकुमारीलाई कुनै समय जतिबेला खेलकुदमा अलि धेरै राजनीति थियो उतिबेला क्रिकेटमा राम्रो भविष्य छैन् भन्ने पनि लागेको थियो । उनले त्यो समय भविष्यलाई भन्दा पनि आफ्नो खेललाई ध्यानमा राखिन् । मेहनेत गर्दै गइन् । कहिले खेलाडी त कहिले टिम मेनेजर कहिले अलराउडर बन्दै त्यसपछि उनी आफ्नाे खेलक्षेत्रमा एकाएक सवल हुन थालिन् ।
बिस्तारै समय बित्दै थियो । उमेर पनि त्यतिकै बढ्दै थियो । राष्ट्रिय स्तरको क्रिकेट अनुभव बटुल्दै राष्ट्रिय प्रतियोगिताबाट अघि बढ्नु जुन उनले नसाेचेकाे परिणाम थियाे। विभिन्न अन्तरजिल्ला तथा महिला क्रिकेटको सेलेक्स खेलहरुमा भाग लिईन्। त्यति मात्र नभइ उनी नेपालकै पहिलाे एन. आई .एस् गर्ने महिला काेच समेत बनेकी छिन् । सानो उमेरमा ठूलो सपना र मेहनेतले उनी हाल सामाजिक मन्त्रालयकै क्रिकेट प्रशिक्षकमा एक मात्रै महिला कर्मचारी हुन् ।
उनको राष्ट्रिय कोच बन्ने धोको भने अझै मजबुत नै छ। सन २०१९ मा उनी पहिलो पटक राष्ट्रकाे प्रतिनिधित्व गर्दै काेच बन्नका लागि ईन्डिया पढ्न जाने समाचार सुनिन् तब उनी झनै खुशी भइन् । उनी माडी टाइगर्सबाट काेच बन्ने चितवनकाे पहिलाे महिला पनि हुन् । उनको अबको सपना नेपाली महिला क्रिकेटलाई विश्वकप खेलाउने र महिला क्रिकेट काेच बन्ने रहेको छ ।
रिपोर्टः मिरा बराल, सविना घिमिरे चितवन ।








