सुर्योदय लघु बित्त बितिय संस्था कोहलपुरको सहयोग


कोहलपुर १८ जेठ : सुर्योदय लघु बित्त बितिय संस्था
लि.शाखा कार्यालय कोहलपुर ११ बाँकेले कोहलपुर नगरपालिकाले स्थापाना गरेको कोरोण संक्रमण तथा बिपत्ति ब्यबस्थापन कोषमा रु.दश हजार सहयोग रकम उपलब्ध गाराएको छ। गरिब उत्पिडित तथा वन्दबाट प्रभावित परिवार र क्वारेनटाइनमा बसेका व्यक्ति हरुलाई केहि राहात होस भन्ने हेतुले सहयोग गरेको संस्थाका शाखा प्रबन्धक कविन्द्र शाहीले जानकारी दिएका छन।
पछिल्लो समयमा जारी लकडाउनको अनिश्चितता, भारत लगाएतका मुलुकबाट आउने हरुको दैनिक चाप र प्रतिदिन थपिदै गएका संक्रमणितहरुको शंख्याले जनजिवन अस्तव्यस्त बनाइदिएको वेला हुने यसप्रकारको सहयोगले नगरपालिका लाइ उच्च बल पुग्ने कोहलपुर नगर प्रमुख लुटबहादुर रावतले बताएका थिए।



सुर्योदय लघु बित्त वित्तिय संस्थाको बिभिन्न प्रदेशमा रहेका जिल्ला शाखा मार्फत निरन्तर सक्दो सहयोग गरेको र आउदा दिनमा पनि जारी रहने विचार प्रबन्धक शाहिले व्यक्त गरेका छन।








