रुकुम घटनाको नागरिक मञ्च कोहलपुरद्वारा बिरोध : दोषीलाइ जिउदै बगाउने पुर्व सांसदको चेतावनी

जेठ १८ कोहलपुर : अपराधीक मनसायका व्यक्तिहरुले जातिय बिभेद गर्दै ६ जना युवाको ज्यान जाने गरी गरिएको रुकुम सोति घटनाको बिरोधमा आज नागारिक सरोकार मञ्च कोहलपुरले विरोध सभाको गरेको छ। देश भरी विभिन्न जातिय संघ संगठनहरुले व्यापक प्रदर्शन गरिरहेको बेला कोहलपुरमा स्वतन्त्र नागारिक मञ्चले दोषीलाइ कडा कार्बाही र पिडितलाइ उचित क्षतिपूर्तिको माग गर्दै विरोध साभा आयोजना गरेको हो।

सभामा बोल्दै नागारिक सरोकार मञ्चको अध्यक्ष किशोर भण्डारीले रुकुम घटना राजनितिक व्यक्ति हरुको संलग्नतामा भएको संवत हालसम्मकै पहिलो जातिय बिभेदमा गरिएको नरसंहार भएको र घटनाका दोषी हरुलाई उच्च राजनितिक दवावमा सजिलै उम्काउने हर्कत भैरहेकोले सरकारलाइ होशियार रहन आग्रह गरेकाछन। यदि रुकुम घटनाको सहि न्याय राज्यले दिएनभने नागारिकले तेसको प्रतिरोध गर्ने चेतावनी दिए।

यस्तै सभामा बिभिन्न बक्ताहरुले बोल्दै कुनै पनि हालतमा रुकुम घटना पहिलो र अन्तिम हुनेगरी सरकारले कदम नचाले स्वतन्त्र नागरिकहरुले नै तेसको हिसाब चुक्ता गर्नुपर्ने भन्दै कडा विरोध जनाएका छन। नागरिक अभियन्ता शंकर न्यौपानेले मानसिक ब्राह्मणवादको अन्तय नभएसम्म उत्पिडित वर्ग र नागरिकहरु मुख दर्शक भएर बस्न नहुने विचार व्यक्त गरेका थिए।

यस्तै सामाजिक अभियान्ता कृष्ण रिजाल, किशोर शाही, हिमाल पंगाली लगायतले सामाजिक अपराधका घटना व्यापक भपरहेता पानि जातिय विभेदको कारण यसरी सर्वसाधारणका छोरा छोरीहरुको ज्यान लिने रुकुम सोतिको मान्छेहरुको अपराधीक मानसिकता को पराकाष्ठा भएको र अब उप्रान्त यस्ता हर्कत भए कुनै पनि हालतमा सहिय नहुने भन्दै रसकारले निस्पक्षा छानबिन गरि घटनामा संलग्न सबै दोषीहरुलाइ हदै सम्माको कार्बाही हुनपर्ने माग गरेका छन।

कार्यक्रको संचालकको रुपमा रहेका मञ्चका सचिव ललित पहाडीले राज्यले उचित न्याय दिन नसके जनताले तेसको हिसाब आफै राख्ने र उचित जवाफ दिने चेतावनी दिएका छन। यसरी देशैभरीबाट अभियानताहरुको तिब्र आक्रोश व्यक्त भइरहेका बेला सरकार नैतिक रुपमा जवाफदेही हुनुपर्ने देखिन्छ।

उता आजै बिहान कोहलपुरका भिभिन्न व्यावसायिक संघ संघठनहरुले बिहाना व्यापक जन प्रर्दशन गरेका थिए नाराजुलुस सहित बजार परिक्रमा गर्दै चौराहामा गरिएको कार्यक्रममा बोल्दै पर्व सांसद दलवहादुर सुनारले यदि यसको चितबुज्दो न्याय नपाए लाखौ पिडितहरुको नेतृत्व गर्दै सोति गाँउ पुग्ने र अपराधीलाइ जिउदै भेरीमा बगाउने भन्दै कडा विरोध गरेका थिए। उक्त घटनाको देशैभरीबाट लकडाउन उलङ्घन गरेरै नागरिकले व्यापक विरोध गरिरहेका छन। घटनामा ६ जना युवाहरुको ज्यान गएको छ। भने सबै को लास प्राप्त भइसकेको छ।

सम्बन्धित खवर

Back to top button