सुशासनको नारामा कुशासनको दमण : भोट र नोटको राजनीति शंकटमा


काठमाडौँ १९ जेठ :-जब जब नेपालको कुनै पनि सरकारले भ्रष्ट र राष्ट्रघाति कुशासनको बिजारोपण गर्ने हर्कत गर्दछ तव जनता तेसका बिरूद्धमा सुशासनको नारा लागाउदै सडकमा उत्रदै पुलिसका लाठ्ठी र बुट खाइ रहएको तितो यथार्थ हाम्रा सामु छ। अहिले विभिन्न चार समस्याबाट सरकार संकटमा छ भने जनता सडकमा । लकडाउन व्यवस्थापन, लिपुलेक सडक र नक्सा बिबाद, एम. सि.सि.सकस र त्यो भन्दा पनि ठुलो चुनौती पश्चिम रुकुमको सामुहिक नरसंहार काण्ड।

राज्यका लगभग जिम्मेवार सम्पूर्ण निकायहरुको एउटै ठहर छ रुकुम घटना नियोजित र उच्च व्यक्तिको योजना र अगुवाइमा भएको हालसम्म कै हत्या बिदारक घटना हो जुन कथित जातकै कारणले आधा दर्जन होनाहार युवाले अकालमै ज्यान गुमाउनु पर्यो। तर अहिले अपराधी हरुको गाँउ नै सिल गरेर कानुनि राज्यको प्रत्याभुति हुनेगरी घटनामा संलग्न अपराधीक मानिसकता बोकेका सबैलाइ जेल कोच्नु पर्नेमा खुल्याम अन्तरबार्ता दिदै हिड्दा पनि सरकारले दोषी खोजिरहेको छ र थुनिएकाहरूलाई पनि विभिन्न राजनितिक दवावमा निकाल्ने चलखेल गर्दैछ भन्ने कुरा जिम्मेवार व्यक्तिहरुको दुइ जिब्रे अभिब्यत्तिले शंका पैदा गरेको छ। तर यो विषय यु एन सम्मा पुगिसकेको छ भने नेपालमा विभिन्न राजनितिक दल तथा संघ संस्थाहरुले देश भर चर्को विरोध गरिरहेका छन। यसै क्रममा हिजो संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडौंले गरेको रुकुम पश्चिम हत्याको विरोध प्रदर्शनमाथि प्रहरीले व्यापक दमन र धरपकड गरी नौ जनालाइ घाइते बनाएको छ।
आइतबार माइतीघर मण्डेलामा उनीहरुले विरोध गर्नुअघि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई छोटो सम्बोधन गरेर फर्के लगतै उनीहरुलाई प्रहरीले धरपकड सुरु गरेको थियो । दोषीहरुलाई कडा भन्दा कडा कारबाही गर, घटनाको सत्यतथ्य छानविन गर, नाराबाजी गर्दागदै एक्कासी प्रहरीले पानीको फोहोरा प्रयोग गर्दै लाठीचार्ज समेत गरी ९ जनालाई घाइते बनाएको हो । प्रर्दशनकारीमाथि प्रहरीले पानीका फोहोरा हान्दै लाठीचार्ज गर्दा दुर्गाा वराइली, टेक विश्वकर्मा, विष्णु विश्वकर्मा, अमर सुनार, प्रेम विश्वकर्मा, राजकुमार परियार, साजन विश्वकर्मा, के—के थापा, कविराम विक घाइते भएका हुन् । उनीहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। जेठ १० गते जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका २१ वर्षीय नवराज विकको अन्तरजातिय प्रेमलाई लिएर रुकुम पश्चिमको सोतीमा भएको नरसंहारमा ६ जनाको ज्यान गएको थियो ।



सोतीमा रहेकी आफ्नी प्रेमिका सुष्मा मल्ललाई साथीहरुसहित लिन जाँदा नवराजमाथि गाउँलेले आक्रमण गर्दा उनीसहित ६ जनाको हत्या भएको थियो । सरकारले उक्त घटनालाई जुन ढङगले लिएर र कार्बाही गर्न पर्नेहो त्यो कुनै नगरेको सरोकारवाला हरुले बताउदै आएका छन। घटनाको बचाउ गर्दिन संसदमा उत्तेजित अभिव्यक्ति दिएका जनार्दन शर्मा सर्वत्र आलोचनाका पात्र बनेका छन।

यदि यो घटनाका दोषी लाइ हदैसम्मको कानुनि कार्बाही सहित पिडित परिवारहरूलाई उचित राहात नदिलाईए ख्याल ठट्टा मै लिए यसको रुप डरलाग्दो हुने र सामाजमा साम्प्रदायिक भड्काव हुनसक्ने विभिन्न अध्ययनले देखाएको छ। अहिले सबै भन्दा धेरै जातिय परिवर्तन चाहाने र नचाहाने उहि पुरानै केही आडम्बरीहरु बिच प्रष्ट कित्ताकाट गरेको देखिन्छ।
यध्यपी सरकारले बेलैमा यसको दिर्घकालिन समाधान गर्न सकेन भने यो मुद्दाले गहिरो रुप लिने र कुशानको बलमा टिकेको भोट र नोटको राजनीति संकटमा पर्न सक्ने जानकार हरु बताउछन।








