डडेल्धुराका युवकले जिते कोरोना, आजै डिस्चार्ज हुदै

डडेल्धुरा, १९ जेठ : डडेल्धुरा जिल्लाको पहिलो कोरोना सक्रमित युवकको दोस्रो पटक गरेको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ । जिल्लाको परशुराम नगरपालिका १० का २८ बषीय युवकले कोरोना जितेका हुन्।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुई पटक रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको हो। डडेल्धुरा अस्पतालका निमीत्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर जगदिशचन्द्र विष्टले दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्न लागिएको जानकारी दिएका छन् ।

संक्रमित व्यक्तिको दुई पटक नमूना परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गर्ने गरिएको छ। सरकारी कर्मचारी समेत रहेका ती युवकमा गत जेठ ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो।

डडेल्धुरा अस्पतालको आईसोलेसनमा उपचाररत युवकले १० दिनमै कोरोना जितेका हुन्। यो सँगै सुदूरपश्चिममा कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ७ पुगेको छ।

सम्बन्धित खवर

Back to top button