डोटी लगायत सुदूरपश्चिममा थप १८ जनामा कोरोना पुष्टी, संक्रमित संख्या ४३ पुग्यो

डोटी, १९ जेठ : सुदूरपश्चिम प्रदेशमा थप १८ जना कोरोना संक्रमित पुष्टी भएको छ । योसंगै यहाँ संक्रमितको सख्या ४३ पुगेको सेती अस्पातलले विज्ञातीमा जनाएको छ ।

प्रदेशमा नयाँ संक्रमित मध्ये कैलालीका १४ जना रहेका छन्। उनीहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन्।
अछाम जिल्लाका एक पुरुष, बैतडीका एक पुरुष, डोटीका एक पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

अब सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोना पुगेको छ । यस अगाडी डोटीमा कोरोना भाईरस दिएन ।

सम्बन्धित खवर

Back to top button