आजै २१४ जनामा कोरोना संक्रमण देखियो


काठमाडौं, १९ जेठ : नेपालमा सोमबार थप २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, कपिलवस्तु र प्रदेश २ मा गरि थप २१४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।
संक्रमितहरूमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको विवरण अनुसार सप्तरी जिल्लाको राजगढ गाउँपालिका १२ जना पुरुष रहेका छन् ।त्यसैगरी काठमाडौँको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार सिरहा जिल्लाका सूर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टाइनका रहेका ५ जना पुरुष संक्रमित भएका हुन । यस्तै धनुषा जिल्ला धनौजी शंकर मा।वि क्वारेन्टाइनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ पुरुषहरु संक्रमित भएका छन ।



त्यसैगरी महोतरी लोहरपट्टी नगरपालिका क्वारेन्टाइनका २ जना पुरुषहरु संक्रमित भएका छन । सर्लाही जिल्लाको जनता मा.वि. अगरवा क्वारेन्टाइनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जना संक्रमित भएका छन् । जसमध्ये ३ जना महिला रहेका छन । धुलिखेल अस्पतालमा गरिएको परीक्षण विवरण अनुसार रौतहट जिल्लाका पौराहा नगरपालिका १४ जना र यमुनामाई गाँउपालिका क्वारेन्टाइनका ४ जना संक्रमित भएका हुन ।
सोमबार नै कपिलवस्तुमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ३ सय ९ पुगेको छ । सोमबार शिवराज नगरपालिकामा २५ जना संक्रमित थपिएका छन् । त्यस्तै बुद्धभूमि नगरपालिकामा १० जना संक्रमित थपिएका छन् भने वाणगंगा नगरपालिकामा पनि दुई जना महिलामा संक्रमण देखिको छ ।
त्यस्तै कर्णालीमा आज मात्रै ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार आज मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको हो । आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको पिसिआर परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ३२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरूमा दैलेखका १७ जना तथा सल्यानका १० जना र सुर्खेतका ५ जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या १ सय ९८ पुगेको छ ।
त्यस्तै आजै सुदूरपश्चिममा १८ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमितहरू मध्ये कैलालीका १४ जना रहेका छन् भने अछाम जिल्लाका एक पुरुष, बैतडीका एक पुरुष, डोटीका एक पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै सुदूरपश्चि प्रदेशभित्र संक्रमितको संख्या ४३ पुगेको छ ।








