रुकुम घटनाको बिषयमा नागरिक बहश: सामाजिक अभियान्तालाइ सम्मान

जेठ,१९ कोहलपुर:- निर्ममता पुर्वक गरिएको रुकुम सोति हत्या काण्डको बिषयमा आज बैजनाथको प्रभात उच्च मा .वि. मा नगारिक बहश कार्यक्रमको आयोजना गरिएको छ । सामाजिक अभियान्ता तथा महिला वालवालिका संरक्षण मञ्च खजुरा कि संयोजक लिला सुनारको पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख बक्ताको रुपमा पुर्व सांसद एवं राज्य मन्त्री दल बहादुर सुनार र बिषेश बक्ता नागरिक सरोकार मञ्च कोहलपुरका सचिव ललित पाहाडीले वहस गरेका थिए।

कार्यक्रममा बोल्दै नेता सुनारले रुकुम घटान आधुनिक मानव सामाजको उपहास भएको र तेस्ता दिउसै मान्छे मार्ने अपराधीहरुलाई राज्यले आजिबन कारावासको व्यवस्था गर्नु पर्ने यदि कहि कतैबाट तेसको वचावट गरिए तेसको परिणाम अकल्पनीय हुने चेताउनी दिएका छन। अब सबै कानुनको उपहास गर्न कसैले नहुने र सबैको मानिसकता बदलिनु पर्नेमा जोड दिएका छन।

यस्तै नागरिक अभियन्ता ललित पहाडीले सोच नागरिकले हैन संसद भवनका ठेकेदारहरूले बदल्नु पर्ने र उत्पिडित जातिको लागि माफी माग्दै ससम्मान पुरस्कृत गर्दै कथित जातहरुको खारेज गर्न पर्ने धारण राखेका थिए। दलितका नाममा कोटा खाएर भोटा फेर्ने केही व्यक्तिलाइ देखाएर विभेदको अन्त्य गर्न सम्भव नभएकोले अझै पनि यस्तै खालको सोचबाट राजनिति गर्न लाज मान्नु पर्ने भन्दै यो अत्याचारको मुल जरो नेपालको राज्य सत्ता नै रहेको बताएका छन। जातिय राजनितिका ठेकेदार र डलरबादी दलित अधिकार कर्मीहरूले मात्रै यो अत्याचारको अन्त्य गर्न सभव नभएकोले आम परिबर्तनकारी शक्ति र राज्यले नै यसको पहल गर्नुपर्नु पर्छ र यसको चासो र निरन्तर अगुवाइ उत्पिडित समुदायले नै गर्नु पर्ने जोड दिएका थिएन।

यस्तै कार्यक्रमको समापन गर्दै सामाजिक अभियान्ता लिला सुनारले कुनै हिसावले जातिय विभेदको अन्त्य हुनपर्ने र तेसका लागि आफुले जुनसुकै कदम उठाउन पनि तयार रहेको बताएकी छन। उनि एक एक जुजारु महिला समाज सेवीहुन।

यसै क्रममा सामजिक अत्याचार र कुरीतिका विरुद्ध सधैं बुलन्द आवाज उठाएको भन्दै उनकै आयोजनामा नेता तथा दलित अधिकार कर्मी दलबहादुर सुनार र नागरिक अधिकारकर्मी ललित पहाडीलाइ दोसल्ला अोडाएर सम्मान गरिएको थियो। सम्मानित हरुले विस्वास अनुसार आ आफ्नो क्षेत्रबाट नागरिक समस्यामा सधैं कटिबद्ध रहने बिचार व्यक्त गरेका थिए।
सो कार्यक्रममा पत्रकार कुशल दर्लामी, किशोर शाही, दिपक राइ लगायत नागारिक कर्मीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

Back to top button