अमेरिका बस्ने राजिव गुरुङ द्वारा ६० नेपालमा सहायो

डिलकुमारी नेपाल,जेठ २०,चितवन: ईच्छाकामना गाउँपालिका वडानम्बर ६ चितवनका भुकम्प पीडितहाल बिस्थापित साेहि गाउँपालिका वडानम्बर ७ मा रहेका साठी घरधुरिलाई भरतपुर महानगरपालिका वडा नम्बर ११ घर भएका अमेरिकामा बस्दै अाउनुभएका राजु गुरुङ र धादिङ घर भई हाल अमेरिकामा बस्नुहुने वैकुण्ठ अधिकारी ईच्छाकामना वयलघारि सिमल ढापकाे अस्थायी शिबिरमा बस्ने बासिन्दाहरुलाई सहयोग गनुभएकाे छ ।

विश्व महामारी कोरोना भाईरसको जोखिमका कारण आफुहरु बिदेशमा रहेर पनि आफ्नो जन्मभुमि प्रति आस्था र सहयोगको भावना जगाई अाफुले नेपालमा रहेका सुकुम्बासी ,दिन दुखिहरूलाई गासबासमा केही टेवा पुगोस् भन्ने धारणाले अमेरिकाबाट सहयोग गरेको राजु गुरुङले बताउनु भयाे। नेपालमा रहनुभएका अाफनाे भाइ अजित गुरुङ मार्फत ईच्छाकामना सिमलढापका अस्थायी शिविरमा बस्ने प्रत्येक घर धुरिलाई तिस किलाे चामल दाल लगायत विभिन्न सामाग्रिहरू नुन,तेल सेनिटाईजर ,माक्स लगायतको सामानहरु हस्तान्तरण गनुभएकाे छ।भरतपुर महानगरपालिका नेकपाका सचिव एंवम् समाजसेवी तथा युवा नेता ईश्वर सापकाेटा (सुमन) ले साेहि भुकम्प पिडितका नेतृत्वमा रहि काम गदै अाउनु भएका ठुलाे कान्छा मगर मार्फत ६० घर धुरिलाई राेग भन्दा भाेकले मर्न नदिनका लागि राहत बितरण गर्न अाफुहरु लागि परेकाे बताउनुभयो ।

बिश्वब्यापी महामारिमा यस ज्याला मजदुर वर्गका लागि युवा समाज सेवि राजु गुरुङकाे सामाजिक भावनाले खाधान्न लगायतका सामाग्री हस्तान्तरण गनुभएकाेमा अाफुले पनि सहयाेग गरेकाे उहाँको भनाई छ।यसरी बिदेशमा रहेका सबैले यी युवाले माया गरिदिए झै माया गरे नेपालमा रहेका सुकुम्बासी , दिनदुखिहरुलाई यस विषम परिस्थितिमा गुजारा चलाउन सहज हुने समाजसेवी प्रदेश नम्बर ३ का खेलकुद सदस्य उत्तम गुरुङकाे भनाई छ ।कोरोना भाइरसकाे यो महामारीमा पनि भुकम्प पिडितहरु ४५ घरधुरी र हाल तल बस्ने १५ घरधुरीलाई अमेरिकामा रहनु भएका राजु गुरुङ र धादिङ घर भैई हाल अमेरिकामा बस्ने वैकुण्ठ अधिकारीले हामिलाई याे विकट ठाउँमा राहत पठाई अाउनुहुने समाजसेवी युवानेता लगायतका सबैलाई कहिले नभुल्ने गाउँलेहरुले बताए। कसैलाई खातैखात कसैलाई पुम्पुराेमा हात भने झैं नहोस् भनि आफ्नो तर्फबाट सहयोगी साथिहरुसँग हातेमालो गर्दै सहयोग स्वरुप सम्झेकाेमा गाउँका धनलाल सुनारले भने घरका बुवा अामाले झै हामीलाई गाँसका लागि जे जे पठाई दिनु भाे हामी खुसी छाैँ ।लकडाउनका बेला हामी गरिबलाई यति धेरै समस्या छ,कतै काम गर्न जान पनि पाईदैन,।भुकम्प गएका बेला बनाएकाे बाँसकाे झुप्राे अझै जस्ताकाे त्यस्तै छ।बन्द धेरै भयाे ,अझै बन्द ,छ महिना सम्म बढे,हामी भाकै हुन्छौं । हामी खान नपाएरै मर्ने बेला यसरी हजुरहरुले सहयाेग गनुभएकाेमा सबैकाे तर्फबाट धन्यवाद सुनाई दिनु भन्दै अाँखाभरि अाशु बनाए।जसले समाजमा घटेका बिश्वब्यापी महामारी कोरोना भाइरसकाे जोखिम परिस्थितिलाई केही राहतहोस् भनि गनुभएको सामाजिक सोचलाई गाँउलेहरुले आजिवन नभुल्ने हक बहादुर सुनारले बताए। अझै हाम्रो लागि थप सहयोग गरिदिने अपेक्षा राख्नु उहाँले भन्नुभयो ।

सम्बन्धित खवर

Back to top button