विदेशमा समस्यामा परेका जुनसुकै देशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार तयारी गर्दै

काठमाडौं,२० जेठ :सरकारले विदेशमा रहेका र नेपाल आउन चाहने नागरिकलाई स्वदेश फर्काउने तयारी गर्दै छ। यी नागरिकहरु मध्ये प्रदेश नम्बर १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । यसको तयारीको अवस्थाबारे जानकारी लिन मङ्गलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले छुट्टाछुट्टै होल्डिङ सेन्टरको अनुगमन गरेका छन् ।

नेपाल सरकारले विभिन्न देशबाट फर्किएका प्रदेश १ र २ का नागरिकलाई भक्तपुर तथा वाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का नागरिकलाई काठमाण्डौमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर जिल्लाका तोकिएको सेल्टरकाे होल्डिङमा राखेर मात्रै सम्बन्धित प्रदेशको समन्यमा जिल्ला–जिल्लामा पठाउने भएको छ ।

विदेशबाट फर्कनेको समन्वय गर्न सरकारले प्रदेश १ मा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ र प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संयोजकको जिम्मेवारी तोकेको छ । प्रदेश १ का नागरिकलाई सल्लाघारीको इम्पेरियर ब्यांकेट र प्रदेश २ का नागरिकलाई मध्यपुर थिमिको हेरिटेज ब्यांकेटमा राखिने भएको छ ।

नेम्वाङले सरकारले छिटोभन्दा छिटो विदेशमा समस्यामा रहेका नेपालीहरुलाई फर्काउने तयारी गरेको बताउँदै भारतलगायत अन्य देशबाट ल्याएका नेपालीलाई विमानस्थलबाट तोकिएको होल्डिङ सेन्टरमा राखेर मात्रै प्रदेशको समन्वयमा यातायातको व्यवस्था गरी पठाउने बताए ।

हाल आइपरेको समस्या समाधान गर्न सबैले आ-आफ्नो तर्फबाट जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिँदै उनले विमानस्थलबाट होल्डिङ सेन्टरमा ल्याएपछि खाने, बस्ने, स्वास्थ्य, फोटोसहितको फाराम भरेर यातायातको साधनमा राखेर पठाउनेसम्मको सहज व्यवस्थापन गर्न कुनै कमजोरी राख्न नहुने बताए ।

विदेशबाट फर्कनेको प्रदेश र जिल्लामा कोरोना परीक्षण गर्न नपर्ने गरी सेन्टरमै आरडीटी परीक्षण गरेर पठाउनेबारेमा छलफल भइरहेको उनले बताए ।

मन्त्री नेम्वाङले भारतबाट विमानमा आउने नागरिक र अरु देशबाट आउनेमा यहाँ आएपछि पनि कोरोना देखिन सक्छ । अहिले भारतबाट पैदल आएकाबाट कोरोना सङ्क्रमण जटिल समस्याका रुपमा रहेको बताए ।

सम्बन्धित खवर

Back to top button