भगवान कृष्णको दर्शन गरी जान्नुहोस् तपाईंको बुधबार

आज २१ जेठ २०७७, बुधवार वरियन बलव स्वाति

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । वित्तिय संस्थाबाट सहयोगपनि पाईनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घर जग्गा या भौतिक सुखबाट लाभ मिल्नेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मान प्रतिष्ठामा बृद्धि होला । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभकार्यको चर्चा चल्नेछ । सामाजिक काममा सहभागी भईएला । रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाईदा हुन सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज संगीत, कला र साहित्यमा रुचि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज आफन्त वा सहकर्मीबाट विरोध आउला । चोटपटकको भयछ सचेत रहनु

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
शुभकार्यको चर्चा चल्नेछ बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरायसी मनोरञ्जन रहनेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मनमा दुविधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । सरकारी निकाएको भय रहनेछ ।

सम्बन्धित खवर

Back to top button