नेपालमा एकै दिन थप २०१ जना कोरोना संक्रमण पुष्टि


काठमाडौं,२१ जेठ : नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे जानकारी अनुसार बुधबार नेपालमा थप २८८ जनामा कोरोना देखिएको छ ।



हालसम्म आरडिटी विधिबाट १ लाख २० हजार ३७९ जनाको नमुना परीक्षण भएको छ । त्यस्तै १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्य धेरै जना भारतबाट आएका व्यक्तिहरु रहेका छन् । पछिल्लाे विवरण जना डिस्चार्ज भएका छन् । यो संगै कोरोनालाई जितेर घर फर्किनेको संख्या २७८ रहेको छ ।








