बेलायतको प्रतिवेदन अनुसार अल्पसंख्यकलाई कोरोना भाइरसको उच्च जोखिम

काठमाडौं,२१ जेठ:बेलायतको एक प्रतिवेदन अनुसार जातीय अल्पसंख्यकलाई कोरोना भाइरसबाट मृत्यु हुनेको जोखिम बढी देखाएको छ ।

जातीय अल्पसंख्यकलाई कोरोना भाइरसको जोखिम बढी हुने गरेको पब्लिक हेल्थ इंगल्याण्डले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ। त्यसका साथै जोखिमको लागि उमेर सबैभन्दा महत्वपूर्ण तत्व हो भने महिलाभन्दा पुरुषलाई धेरै जोखिम रहेको प्रतिवेदनले देखाएको छ । साथै भूगोल, शरीरमा पहिला नै रहेकेा स्वास्थ्य समस्या भएका मानिसहरुलाई पनि जोखिम बढी रहेको प्रतिवेदनमा देखिएको छ ।

प्रतिवेदनअनुसार एसिया, क्यारेबियन क्षेत्रका मानिसहरु र अश्वेत जातिका मानिसमा कोरोना भाइरसको असर बढी देखिएको छ । तर, उनीहरुमा कोरोना भाइरसको जोखिम बढी देखिनुको कारण भने स्पष्ट हुन सकेको छैन ।

सरोकारवालाहरुले यो प्रतिवेदन ढिला आउनेले जातीय अल्पसंख्या स्वास्थ्यकर्मीका लागि उपयुक्त कदम चाल्न नसकिएको भन्दै सरकारको आलोचना गरेका छन् । बेलायती स्वास्थ्यमन्त्रीले भने जातीय अन्यायको विरुद्धमा विश्वभर आवाज उठिरहेको अवस्थामा यस्तो प्रतिवेदनले अर्को समस्या सृजना हुन सक्ने आशंकाको कारण समयमा नै यो प्रतिवेदन सार्वजनिक नभएको स्पष्टीकरण दिएका छन् ।

प्राध्यापक जोन न्युटनले कोरोना भाइरसको असर अश्वेत र अल्पसंख्यकमा बढी पर्नुको अर्थ त्यसको कारण जातीय नै हुनु जरुरी नरहेको बताए । उनले उक्त जातका मानिसको रोजगारी वा अन्य किसिमको कारणले उनीहरुमा त्यसको असर बढी परेको हुन सक्ने उल्लेख गरेका छन् । उनले यो तथ्यांकको आधारमा निष्कर्षमा नपुग्न सबैलाई आग्रह गरेका छन् ।

सम्बन्धित खवर

Back to top button