थप तीन जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको सङख्या ८१ पुग्यो


धनगढी, २१ जेठ : सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप तीन जनामा कोरोना पुष्टि भएको हो। दिउसो पाँच जनामा पुष्टि भएकोमा अहिले थप तीन जनामा पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ८१ पुगेको छ।
धनगढीमा गरिएको परीक्षणमा डोटीका थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। पुर्वीचौकी गाउँपालिका वाड नम्वर-४ की ४५ बर्षीय महिला, २७ बर्षीय पुरुष र वडा नम्वर-७ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।



यसअघि आजै पूर्वीचौकी-४ का २२ बर्षीय र पूर्वीचौकी-७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो भने धनगढी उप–महानगरपालिका वडा नम्वर-५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका-२० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।
सुदूरपश्चिमका ८१ जना संक्रमित मध्ये ७८ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। एक जना संक्रमितको मृत्यु भईसकेको छ। ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भईसकेका छन्।
सबैभन्दा बढि कैलालीका ३६ जना, अछामका १३, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका ६, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एकरएक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ६४, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।








