सोतिमा कोहि आमा र बुवा रहेनछन जसले एकपल्ट आफ्नो सन्तान सम्झिएनन, अम्मर कटुवाल


धर्म ,सँस्कृति र सम्पदाले भरिपुर्ण हाम्राे देश नेपाल, गाैतम बुद्वकाे देश ,भृकुटी र सिताकाे देश, अाज हत्यारा , भ्रष्टचारी हत्याराकाे देशकाे रुपमा परिचित हुन थालिसक्याे। शान्ति र सम्बृद्विले शिखर चुम्नु पर्ने बेलामा हाम्राे नेपाली समाज सामाजिक कुरीति र बिसङ्गतिकाे दलदलबाट अझै पनि एक इन्च माथि उठ्न सकिरहेकाे छैन भन्ने कुरा पश्चिम रुकुमकाे घटनाले प्रष्ट हुन्छ ।

अाजकाे एक्काइसौं शताब्दिमा पनि जातिय बिभेदकाे नाममा यस्ताे घिनलाग्दाे र पशुवत् ब्यबहार प्रदशर्न गरि हत्या जस्ताे जघन्य अपराध गर्न समेत पछि नपर्ने हामी कस्ताे खालकाे नेपाली समाजमा यस्तो लज्जाजनक रुपमा बाँचिरहेका रहेछाै ।
रुकुम घटनामा जातियताकाे मात्र हाेईन मानवताकाे पनि गम्भीर प्रश्न उठेछ । बाच्च पाउने अधिकार हर काेहि नागरिकलाई हुन्छ । राज्यले संविधानमा जाति, भाषा ,धर्म,लिङ्ग र वर्णकाे नाममा बिभेद गर्ने जाे काेहि लाई पनि दण्डित गर्ने कानुन निर्माण त गर्याे तर ति कानुनहरु किताबका पानाहरुमा मात्र सिमित मात्रै हैन अमुर्त भए । नेपालमा दिनानु दिन हत्या हिंशा र बलत्कारका घटनाहरु बढदै गएका छन यसले हर काेहि नागरिक अाफु शुरक्षित छु भन्ने महसुस स्थिति रहेन। यसकारण नेपालमा पनि हत्यारा र बलत्कारी लाई मृत्युुदण्डकाे सजाय सहितकाे कानुनकाे अाबश्यकता महसुस भएकाे छ अनि मात्र यस्ता बिकृतिहरु कम हुने देखिन्छ ।

यँहा शदिअाै देखिकाे बिभेद अझै पनि कायमै छ । खासमा भन्ने हाे भने याे जात भन्ने कुरा केही पनि हाेइन परापुर्वक कालमा एउटै बाबु बाट जन्मिएका चार छाेराहरुलाई कामकाे जिम्मेवारी बाँडफाड गर्ने सहज हाेस भनेर कामकाे अाधारमा चार जात मा बिभाजन गरिएकाे ।
तर पछि अाएर पुजिँपतिहरुले बिभेदकाे बिजाराेपण गरिदिए र त्यहि पुरातनबादी साेचले अाक्रान्त समाजले अहिले सम्मा काेल्टे फेर्नै सकेन । मानिस जतिनै शिक्षित भए पनि , जतिनै ठुलाेठालु र जान्ने सुन्ने खुट्टिए पनि ब्यबहारमा गवार नै मानिए । बाहिर जति ठुलाठुला जातियता बिरुद्वकाे भाषण दिए पनि भित्र अाफै यस्ता खालका कुरीति र बिभेदकाे पछि लाग्ने नेपाली समाज र यसका अगुवाहरु भएकै कारणले अाज याे दिन अाएकाे हाे। जब अाफै परिवर्न हुन सक्दैन भने उसले अरुलाइ परिवर्नत गर्छ भन्नु भ्रम मात्र हाे फलस्वरूप अाज भर्खर फुल्न थालेका काेपिलाहरु फक्रिन नपाई भेरीकाे बगरमा लवारिस अवस्थामा हजारौं सपना संगै तेरिन पुगे ।



प्रेम संसारकाे सबैभन्दा शुन्दर अनि अमुल्य शब्द अाज याे समाजले कलङ्कित र त्रसित पारिदिएकाे छ । एउटा प्रेमिले गरेकाे अथाह प्रेमकाे बदलामा उपहार स्वरुप मृत्यु दियाे याे समाजले, एकै पटक ६ जना अामाहरुकाे काँख रित्याएकाे छ । कस्ताे समाज जहाँ पुरै गाँउमा एक दुई जान पनि मानव रुपी ब्यबहार भएका मान्छेहरु भटिएनन् सबै दानवरुपी र पशु भन्दा पनि तल्लाे स्तरका मानिसहरु रहेछन् त्यो ठाउँमा। ति आमाहरू जसले एकपल्ट आफ्ना छोराहरुलाइ समझेर ति चित्कार आवाज हरुलाई सुनिदिनु पर्ने कस्तो निर्दयी ति आमाहरु कस्तो ढुङ्गाले बनेको होला तिनीहरूको मन जो सोति घटनामा वलबाहुवाला गुण्डा र अपाधिहरु संगै हातमा हात मिलाइ ति कलिला मुना हरुको जिबनलिला समाप्त पारिन। धिक्कार छ ति सोतिका जंगली आमाहरू जसले एउटा हैन दजर्नौ छोराहरुको आवाज दबाइन ।
जनताले हैन त्यहाँका निर्दयी जनावरले नै चुनेका वडा अध्यक्ष भएर नै होला उनि समेतले घटनाको प्रत्येक्ष काम गरेर होनाहार युवाहरुको सामुहिक नरसंहार गर्न लगाए। २१औं शताब्दीमा यस्ता मानवरुपी हिंस्रक जंगलीहरु पनि छन भन्ने उदाहरण छर्ने भयो।
जसले जे भने पनि घटना जातिय बिभेदकै कारणले भएकोमा कुनै दुइ मत छैन। जसका कारण ति निर्दाेष कलिला युवाहरुले बलि चढ्नु पर्यो। कतिपय ब्यक्तिहरु र संञ्चार माध्यमहरुकाे घटनालाइ जसरी बङग्याएर पिडकलाइ उम्कने र भविष्यमा पनि यस्ता घटनालाइ प्रोत्साहन दिने गरी समाचार तथा अभिब्यक्ति दिइएको पाइन्छ।
यसले जो सन्तान गुमाएका पिडित परिवारकाे आलाे घाउमा नुन छर्किने काम भैरहेकाे छ । उक्त घटनामा त्यसरी बिभक्त तरिकाले हत्या गरि भेरीमा फ्याक्नु पर्ने कुनै पनि कारण देखिदैन । केटिले नै बाेलाएर अाफ्ना साथिहरु सहित अाफ्नि प्रेमिका लिन पुगेकाे नवराज र उसका साथिहरु लाई उनिहरु त्यहाँ पुग्नु अगाबै ज्यान मार्ने पुर्व याेजना र तयारीका साथ याेजनाबद्व तरिकाले हत्या गरिएकाे छर्लङ्ग देखिन्छ ।
यदि छाेरि दिनका लागि परिवारका सदस्यहरु राजि थिएनन् मेराे छाेरी लिन दिन्न भन्न पाउँछन् तर पुलिस, प्रशासन र कानुन काे साहायता लिन सकिने प्रशस्त बिकल्प हुदाहुदै पनि पुरै गाँउले मिलेर त्यसरी हत्या गर्नु कहाँ सम्मकाे अन्याय हाे ।
प्रेम र युद्वमा हर कुरा जायज हुन्छ फेरि प्रेमिका कै अनुराेधमा एक हुल साथिहरु लिएर जानु केहि गल्ति हुदै हाेईन । यति कुराहरु प्रष्ट हुदाहुदै पनि आज समाजका प्रभुत्व वर्ग जो आफुलाई खुवै जनप्रेमी भन्न रुचाउछन उनिहरु स्वयम चुपचाप रहनुले जे भयो ठिक भयो भनेर हाँसेको देखिन्छ कतिले आफ्ना छोराहरुलाइ भनि पनि सके होलान तिनीहरूले पनि कुजात संग विहे गर्यौ भने यस्तै हालात बनाइदिन्छु। कतिको यस्तो प्रेम पनि धरापमा परिसकेको होला यो घटनाले यति सम्मा बनायो कि आफ्नै मन मिल्ने संग पनि टाढा बनाइदियो धेरैको।
यसर्थ अझै पनि यदि मावनअधिकार,न्याय र कानुन कँहि कतै ज्युदै छ भने पश्चिम रुकुम-जाजरकोट हत्या काण्डलाई अति गहन रुपमा लिएर अनुसन्धान गर्दै यसको दिर्घकालिन समाधान गर्ने र उत्पिडित समुदायको गिरेको छविलाइ पुन स्थापित गर्न पर्ने देखिन्छ यस घटनाले ठुलो सामाजिक दाराको उजागार मात्र गरको छैन पछिल्लो पिडि समेतलाई धक्का दिएको छ जो परिबर्तन चाहान्छ।
त्यसैले यस घटनाका सम्पुर्ण दाेषिहरुलाई कानुनकाे कटघराम उभ्याएर हदैसम्मकाे कार्बाही गरी पीडित परिवारलाइ न्याय र मृत अात्मालाई शान्ति दिलाइयाेस् सराेकारवाला समक्ष याे अनुराेध पनि छ ।
यध्यपी यो समस्या सहित ढंगले समाधान गरिएन भने यसबाट निश्चितरुपमा भयङ्कर ठुलो मुक्ति आन्दोलन र गृहयुद्ध हुनेमा कुनै शंका देखिदैन किनकी जुन मान्छेले धेरै भन्दा धेरै सहन्छ उसले त्यो भन्दा कयौगुण शक्तिशाली प्रहार गर्न सक्छ। यो नेपाल बाहिरको इतिहास थोरै भएपनि नि हाल्दा पनि हुन्छ।
अर्को यदि कामकाे आधारमा बनाईएकाे जातलाइ प्रथामिकतामा राख्ने र भेदभाव गरिरहने हाे भने म तपशिलको सुझाव पनि पेस गर्न चाहान्छु सामान्तबादी राज्य व्यवस्था र तेसको पृष्ठ पोषण गर्ने केही जातिय घमण्ड भएका नलाएक परजीवी मानवहरूलाई।
१) कपडा सिलाउने र कपडा उद्योगका मालिक सबै लाई दलित बनाइदेउ ।
२) भेदभाव नै गर्ने भए फलाम ठाेक्ने ग्रिल ,फलाम उद्योगका मालिक लाई दलित बनाउदेउ ,
३)यदि भेदभाब नै गर्ने भए गित गाउँने सबैलाइ गाईने दलित बनाईदेउ , बाजा बजाउने सबैलाइ दलित बनाइदेउ ।
४) दिनभरि पुजापाठ गर्ने र साँझ परेपछि जनै नै नफेरि भट्टिमा बङ्गुरकाे सेकुवा संग लाेकल ठर्रा लागाउने ब्राह्मण हरुलाइ दलित बाइदेउ ,
५) यदि भेदभाव नै गर्ने भए जुत्ता ब्यापारी र जुत्ता कारखानाका मालिक सबैलाइ दलित बनाइदेउ ।
अनि जो राज्यको यि वाहेको पेशामा रहेर काम गर्ने कथित दलित भनिएका छन तिनलाई उच्च जातको उपमा देउ हाेईन भने यस्ताे कुसंस्कार र कुरीतिकाे पछि लागेर काेहि कसैले कसैलाई जातियताकाे नाममा भेदभाव गर्नै मिल्दैन , समाजमा हत्या हिंशा बलत्कार जस्ता बिकृति र बिसङ्गती निम्त्याउनु हुदैन ।
त्यसैले हामीले अाजैबाट यस्ताे बिभेदकाे बिरुद्धमा अावाज उठाउने मात्र हाेइन मन भित्रैबाट कहिल्यै कसैलाई बिभेद गर्ने छैन भनि प्रणय गराै याे बिल्कुलै मानब अधिकार बिरुद्धकाे अपराध हाे ।
विज्ञान , प्रविधिकाे अाधुनिक युगमा पनि हाम्राे देशमा पुरातनवादी घिनलाग्दो साेँच र अास्थाबाट बाहिर निस्केर हरेक युवा युवतीहरुले जात हैन राम्रो व्यक्ति छानेर विहे गरौ । अझै पनि जातीय बिभेद , हत्या , दाईजाे प्रथा, छाउपडी जस्ता अमानवीय घटनाहरूको विरूद्ध तमाम युवायुवतीहरुले स्वतस्फुर्त बिद्रोह गर्न जरुरी छ एकाध एस्ता अपराधिक मानिसहरूले घटेको घटना सम्झेर समाजलाइ बन्धक बनाइ राख्नु हाम्रो पुस्ताको दायित्व होइन हुने छैन।
हामि परिबर्तनशिल युगमा छाै । यस्ताे परिस्थितिमा यस्ताे जात ,धर्म , सँस्कृति ,वर्ग र सम्प्रदायकाे बिभेदमा अल्झिने समय हुदै हाेइन । समग्र बिश्वजगत हाम्राे घर हाे र सम्पुर्ण मानव जाति हाम्रा परिवार हुन भन्ने बिचार धारणाकाे बिकास गर्दै ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मानव जातिकाे हितमा र एकअर्का संग मित्रताकाे सम्बन्ध स्थापित गर्दै बिशेष कदमहरु अभियान चालौ । केहि दशक अगाडि मात्र हाम्राे देेश भन्दा कमजाेर बिश्वका केहि देशहरु अाज बिकासकाे गतिमा कहाँ बाट कहाँ पुगिसके हामी भने त ठुलाे जात म सानाे जात , म धनि त गरिब भन्ने यस्ताेे कुरामै अल्झिरहेका छाै ।
यसरी अान्तरिक द्वन्दले समाज अाक्रान्त भई रह्याे भने देश कंगाल मात्रै हैन हरिविजोग हुन्छ।
तसर्थ अाफ्नाे मन देखि छातिमा हात राखेर कसम खाँउ कि कसैलाई पनि जात,धर्म,लिङ्ग र वर्णकाे अाधारमा बिभेद गर्ने छैन र बिभेद गर्नेलाइ कानुन सम्बत सजाए दिलाउन सहयाेग गर्नेछु भनि सर्वप्रथम अाफै बाट सुरुवात गराैँ अनि मात्र परिर्तनशिल समाजकाे निर्माण गर्नुका साथै देशमा सम्बृद्वि र स्थिरता फर्काउन सकिन्छ। अनि मान्छे मान्छे बिचमा विशाल साइनो र प्रगाढ माया।








