कर्णालीमा थप १५ जनामा कोरोनाका संक्रमण पुष्टि


काठमाडौँ,२२जेठ: कर्णाली प्रदेशमा थप १५ जनामा कोरोनाका संक्रमण देखिएकाे छ ।बिहीवार कर्णाली प्रदेशका कालिकोट ६, सल्यानमा २ र दैलेखमा ७ जना गरि १५जनामा कोरोना संक्रमण पुुष्टि भएको प्रदेशको सामाजिक सुरक्षा मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै, कालिकोटको महावै गाउँपालिका २ का २२ बर्षिय पुरुष, महावै गाउँपाििलकाका २८ बर्षिय पुरुष, तिलापुफा नगरपालिकाका २१ बर्षिय पुरुष, पालाँता गाउँपालिका ७ का ४२ बर्षिय पुरुष, शुभकालिका गाउँपालिकाका २१ बर्षिय पुरुष, सान्नीत्रिवेणीका २० बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ।











