मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटीबारे छलफल हुने

काठमाडौं, २२ जेठ : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएको लकडाउनको मोडालिटी परिवर्तनलगायतका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अपराह्न चार बजे बस्दै छ ।

स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । यसअघि उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे सामान्य छलफल भइसकेको र व्यापारीहरूले लकडाउन उल्लङ्घन गर्दै पसलहरू खोल्न थालिसकेकाले मन्त्रिपरिषद् बैठकले लकडाउन मोडालिटीबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गरेको छ। सरकारले पछिल्लो पटक थपेको म्यादअनुसार आगामी जेठ ३२ गतेसम्म लकडाउन छ ।

लामो समयको लकडाउनले जीविकोपार्जनमा समस्या भएपछि र राजस्व पनि गुमेपछि सरकारलाई लकडाउन खुकुलो पार्नुपर्ने दबाब छ ।

सम्बन्धित खवर

Back to top button