कोरोनाको कारण दिल्लीका वरिष्ठ डाक्टर जितेन्द्र नाथको मृत्यु

काठमाडौं, २२ जेठ:विश्वभर महामारी बनेको कोरोना भाइरसले दुनियाँकै मन जितेको विश्वप्रख्यात भारत दिल्लीका वरिष्ठ डाक्टर जितेन्द्र नाथ पाण्डेको ज्यान लिएको छ । उनको शनिबार कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भयो।

समाचार एजेन्सी पीटीआईका अनुसार ७९ वर्षीय जितेन्द्र नाथ पाण्डे दिल्लीको एम्सको पल्मोनोलजी विभागका निर्देशक र प्रख्यात डाक्टर थिए। एम्सका निर्देशक डा. रणदीप गुलेरियाले बताए अनुसार डा. पाण्डे र उनकी श्रीमतीको कोरोना टेस्ट मंगलवार पाजेटिभ आएको थियो ।

उनमा संक्रमणका हल्का लक्षणहरू देखिएका थिए । लक्षण देखिएपछि उनले घरमा एक्लै बस्ने निर्णय गरे।डा. गुलेरियाले भने, ‘विद्या र विनय सँगै बस्न सक्छन । डा. पाण्डे यसको एक उदाहरण थिए । उनी एमिसबीएसको विद्यार्थीको रूपमा एम्समा आएर मेडिसिन विभागको अध्यक्षको रूपमा सेवानिवृत्त भए ।’ उनको मृत्युले दिल्लीलाई ठुलो ध’क्का लागेको जानकारी छ।

सम्बन्धित खवर

Back to top button