नेपालमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २६३४ पुग्यो


काठमाडौं, २२ जेठ : नेपालमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये ३१९ पुरूष तथा १५ जना महिला रहेका छन् । यो संगै संक्रमितको संख्या २ हजार ६ सय ३४ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको बताएका छन्। । यससँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेकाे छ ।











