डडेल्धुराको गन्यापधुरामा क्वारेन्टाइनमै मृत्यु भएकी महिलाको कोरोना परीक्षण नेगेटिभ


डडेल्धुरा, २२ जेठ : डडेल्धुराको गन्यापधुरामा क्वारेन्टाइनमै मृत्यु भएकी महिलाको कोरोना परीक्षण नेगेटिभ आएको छ। बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो। उनीसंगै गन्यापधुरा गाउँपालिका थप ३८ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । अरुको शुक्रबारसम्म आउने संम्भावना रहेका स्रोतले जनाएको छ ।
मृतक ती महिलाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड-१९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसिरहेकी गाउँपालिका–२ की ३० वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको थियो।



मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको थियो। भारतबाट आएकी महिला श्रीमान् र छोरासहित क्वारेन्टाइनमा बसिरहेकी थिइन्। उनको शव बुधबार नै गाडिसकिएको छ। ६३ को थ्रोट स्वाव परिक्षणका लागि पठाएकोमा अब २४ को रिपोर्ट आउन बाकि भएकालेसंगै सार्वजनीक हुने जनाएको छ ।








