डडेल्धुराकासहित थप ६ जनामा कोरोना पुष्टि, सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुग्यो


डडेल्धुरा, २३ जेठ :सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।
आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ।
सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भईसकेको छ। एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।



सबैभन्दा बढि कैलालीका ४० जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६र ६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।
अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ। योसंगै डडेल्धुरामा सक्रमितको संख्या ६ पुगेको छ । एक जना निको भइरसको छन् । डडेल्धरामै आरडिटी पोजेटिभको संख्या सय भन्दा बढी रहेको छ । उनीहरुको कोरोना परिक्षण भएको छैन् ।








