यसरी खुल्दैछ लकडाउन, व्यावसायिहरु जताबाट पनि मारमा,कर उठाउने रणनीति हो जानकारहरु

जेठ २३ ,काठमाडौं : झन्डै ३ महिना लामो जारी लकडाउनलाइ सरकारले विभिन्न ६ चरणमा गरि खुलाउने भएको निर्णय गरेको छ । सरकारले लकडाउन चरण–चरणमा खुकुलो बनाउँदै जाने र अन्तमा सबै सामान्य बनाउने रणनीति तयार पारेको हो ।
प्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) ले उक्त प्रस्ताव उक्त रणनीति पारेको हो । संभवत आइतबार बस्ने मन्त्रिपरिषदबाट उक्त प्रस्ताव पारित भएपछि लकडाउन नयाँ मोडालिटीमा अघि बढनेछ । । असार १ बाट पहिलो चरणमा लागु हुने उक्त योजना अनुसार लकडाउन पूर्ण रुपमा दशैं अगाडि मात्र खोलिने गरी तयारी भएको छ ।
तर, खुकुलो भने पारिदैं लगिनेछ । लकडाउनले दैनिक जनजीवन प्रभावित भएको र विरोध बढेपछि सरकारले विज्ञसँगको सुझावका आधारमा पछिल्लो तयारी गरेका हो । पहिलो चरणमा अत्यावश्यक सेवाप्रदायक संस्था खोल्न दिइनेछ । त्यसमा अत्यावश्यक वस्तु उत्पादन र विक्रीवितरण गर्ने उद्दोग व्यवसाय पर्नेछन् । दोस्रो चरण अर्थात् असारको दोस्रो हप्तामा पहिलो चरणको अनुभव हेरेर आर्थिक गतिविधि बढाइनेछ । निर्माणको काम गर्ने वातावरण बनाइनेछ । सबै किसिमका सामान विक्रीवितरण गर्ने पसलहरुलाई निश्चित नियममा रहेर खोल्न अनुमति दिइनेछ ।तेस्रो चरण अर्थात् असारको १५ पछि कृषिलगायत दैनिक उपभोग्य सामाग्रीको विक्रीवितरण सहज बनाउन दिनुका अलावा निजी सवारी साधन निश्चित मापदण्ड तोकेर सञ्चालन गर्न दिइनेछ । शुरुमा जोर बिजोर प्रणाली लागु गरिनेछ । बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा खोल्न दिइनेछ भने कपाल काट्ने सैलुन, ब्युटीपार्लर, खेलकुद सम्बन्धि संस्था खुल्नेछन् । चौंथो चरण अर्थात असारको तेस्रो साता धार्मिक स्थलहरु खुला हुनेछन् । जसमा सामान्य जमघट हुने स्थलहरु पनि संचालन गर्न दिइनेछ । पाँचौं चरण अर्थात् साउनको १ गते विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण सम्बन्धित सेवाहरु संचालन गर्न अनुमति दिइनेछ । पूर्वाधार निर्माणका कार्य हुनेछन् । पार्क, स्विमिङ पुल, खेल मैदान, सिनेमा हल पनि यही चरणमा खुल्नेछन् । छैंठौ चरणमा सबै क्षेत्रलाई पूर्ण सुचारु हुन दिइनेछ । तर, त्यसका लागि निश्चित नियमको पालना गर्नुपर्नेछ । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गरी महामारी फैलिएमा उक्त क्षेत्रलाई सिल गर्ने गरि प्रस्ताव तयार भएको छ । समितिले यो प्रस्ताव आइतबार मन्त्रिपरिषदमा लैजानुअघि आज र भोलिपनि विभिन्न क्षेत्रसँगको छलफललाई भने निरन्तरता दिने र थप परिमार्जन आवश्यक परे परिमार्जन गर्ने पनि बताइएको छ ।

यति भनिरहा सरकार जनजिबिकाे सवाल र समस्या कुनै पनि बिकल्प नसोची गैर जिम्मेवार निर्णय हिजो देखि गर्दै आइरहेको र अझै पनि तेस्तै गरिरहेको कुरा प्रष्ट रहेको छ जनताको उधोग, कलकारखाना, व्यपार व्यवसाय र होटल कलकारखाना धोस्त हुदा छिटोछरितो उर राहात पुग्नेगरी कुनैपनि योजना नल्याएकोले निम्न र कमपुजिवाल बर्गको उठिवासहुने खतरा बडेको छ। यसरी भक्खर सुरुवत हुनलागेको डरलाग्दो माहामारी का विचमा आएर यस्तो निर्णय गर्नुले सरकरले आर्थिक मशान्तलाइ हरेरको सरकारको कर उठाउने रणनिती मात्रै भएको जनाएका छन। यसबाट कयौ व्यवसाही तथा व्यक्ति मारमा पर्ने निश्चित छ।
सहयोग काठमाडौं खबर

सम्बन्धित खवर

Back to top button