विश्व बातावरण दिवसमा चितवनको मौलाकालिकामा वृक्षा रोपन

जेठ २३ चितवन,पुनम लामिछाने,सबिना घिमिरे :
चितवनको गैडाकोटमा विश्व वातावरण दिवसको अवसर पारी वातावरण विकास तथा अनुसन्धान केन्द्र नवलपुरले धार्मिक तिर्थस्थल नवलपुरको मौलाकालिका मन्दिर परिसरमा शुक्रबार बृक्षारोपण गरेका छ । साेहि ठाउँमा अनार ,कपुर,रानीवेल, रिठो, म्याङगोट्रि, लप्सी लगायत विभिन्न जातका ६३ वटा विरुवा पनि अाज नै लगाईएको हो ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाको प्रमुख आतिथ्यता तथा वातावरण विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष थानेश्वर चालिसेको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि सापकोटाले भन्नू भयाे, बृक्षारोपण गर्दै विरुवा लगाउनु मात्र ठुलो कुरा नभई तिनको उचित रुपमा हेरचाह गनु तथा संरक्षण गर्नु महत्वपुर्ण हाे उहांले भने,साथै उनले युवाहरुको पहलमा वातावरण संरक्षणका लागी भएका यस्ता कामले समाजमा सकरात्मक सन्देश दिने भन्दै आगामी दिनमा समेत संरक्षणका क्षेत्रमा केन्द्रले पहल गर्ने भनाई छ। सो अवसरमा बोल्दै वातावरण विकास तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक कृष्ण कंडेलले वातावरणको क्षेत्रमा काम गर्नकै लागी संस्थाको जन्म भएको बताए, दिवसको अवसरमा बृक्षारोपण गरिएको भएता पनि संस्थाले आगामी पछिल्लो दिनहरुमा समेत बृक्षारोपण कार्यक्रम गरि अगाडि बढ्ने विस्वास व्यक्तगरौका छन । जनघनत्व बढ्दै जाँदा मानववस्तीमा समेत ग्रीनरी क्षेत्रको महसुस भएको बताँउदै हरेक नगरवासीले कम्तिमा दुईवटा भएपनि विरुवा रोपेर आ -आफै संरक्षणको क्षेत्रमा सहयोग गर्नेबेला भएकाे बताए। केन्द्रका अध्यक्ष थानेश्वर चालिसेले पृथ्वीमा रहेका सवै मानिसले वातावरण संरक्षणका लागि जिम्मेवारी बोध गर्नुपर्ने र प्रत्येक व्यक्तिले वातावरण संरक्षणका कार्यबारे जानकारी लिने र सोच्ने बानीको विकास गरेको खण्डमा वातावरण दिवस मनाएको औचित्य पुरा हुने भनने बताए।

उनले मानवीय क्रियाकलापका कारण वातावरणमा असर परिरहेकाले त्यसतर्फ युवाहरु सचेत हुनुपर्ने विचार राखे । बृक्षारोपण कार्यक्रममा युवा नेता केपी शर्मा , लायन्स क्लव अफ गैडाकोट कालीगण्डकीका अध्यक्ष भोजराज भुषाल , लायन देशवन्धु सिग्देल संस्थाका सदस्यहरु गोविन्द घिमिरे, ध्रुव अधिकारी, तारानाथ अधिकारी,शिव भुसाल, भुमिश्वर पौडेल, रमेश ढकाल , लक्ष्मण कडेल लगायतको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

सम्बन्धित खवर

Back to top button