बाँदरमुढे घटनाको १५ बर्ष प्रचण्डको चुनाबी बाँचा हालसम्म भएन पुरा

जेठ २३ चितवन,साेशतिका खड्का डिल कुमारी नेपाल :- तत्कालीन विद्रोही पार्टी नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको क्रममा चितवनको दक्षिणी क्षेत्र स्थित माडीको बाँदरमुढे खोलामा जनयुद्ध कालमा यात्रुबाहक बसमा विष्फोटन भैई घटना भएको आज १५ बर्ष पुरा भएकाे छ ।
वि.सं.२०६२ साल जेठ २३ गते यात्रुहरु बोकेर गुडिरहेको ना.१ ख. ३२४५ नम्बरको बस विस्फोटमा परि घटनास्थलमै ३८ जनाले ज्यान गुमाएका थिए।भने ७५जना घाइते भएका थिए । घटनामा घाइते भएका थप ४ जनाको समयक्रममा मृत्यु भइसकेको छ। माडिमा घटना भएको एक बर्षपछि मृतकका परिवार र घाइतेहरु बाँदरमुढे घटना पीडित संघर्ष समिति बनाएर न्याय माग्दै आएका भएता पनि , उनीहरूले अझै न्याय पाउन सकेका छैनन् ।

यसैबिच, तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष, हालको सत्तारुढ दल नेकपाका समेत अध्यक्ष रहेका पुष्प कमल दाहाल प्रचण्डले गत संसदीय निर्वाचनको समयमा पीडित पक्षसंग गरेका सहमती अझैसम्म पूर्णरुपमा लागु हुन सकेको छैनन। २०७४ मंसिर १७ गते भएको सहमतीमा मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार दिने र, काम गर्न नसक्नेलाई जीवनवृत्ती र बालबालिकालाई निःशुल्क शिक्षा दीक्षा दिईने , लगायतका सहमती भएको थियो ।
तर,घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा पार्कसहित संग्रहालय बनाउने सहमतीको अर्को बुँदामा भने माडी नगरपालिकाले प्रारम्भिक कामहरु अगाडि बढाएको छ ।

सम्बन्धित खवर

Back to top button