भारतमा लकडाउन खुकुलो पारिएसँगै कोरोना संक्रमण निरन्तर वृद्धि


काठमाडौं, २४ जेठ:भारतमा लकडाउन खुकुलो पारिएपछि जनजीवन सामान्य तर्फ फर्किन थालेको छ । तर कोरोना भाइरसको संक्रमण भने लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । त्यहाँ शुक्रबार एकै दिन ९ हजार ८८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै शुक्रबार एकै दिन कोभिड–१९ बाट २९४ जनाको ज्यान गएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बताएको छ ।
भारतमा अहिलेसम्म दुई लाख ३६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको तथा ज्यान गुमाउनेको कुल संख्या ६ हजार ६४२ पुगेको र अहिलेसम्म एक लाख १४ हजार भन्दा बढी संक्रमण मुक्त भएको बताइएको छन् ।










