सात दिन भित्र कर बुझाउन सुचना जारी,

जेष्ठ २५ चितवन :- आन्तरिक राजस्व कार्यालय चितवनले अनलाईनबाट बिबरण र राजस्व दुबै बुझाउन सकिने काम शुरु गरेकाे छ । कर दाताले बिक्रि भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गते भित्र बुझाउन सूचना प्रकाशित समेत गरेको छ ।
चितवन आन्तरिक राजस्व कार्यालय प्रमुख शुभ प्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिबृद्धि कर र अन्तःशुल्क रकम असार ७ गते भित्र भूक्तानी गर्न सूचित गरिएको जानकारिदिनुभयाे । रिजालका अनुसार अग्रिक कर कट्टि रकम र चैत महिनामा भूक्तानी गर्नु पर्ने चालु अाथिकवर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा तिनुपने बताउनुभएकाे हाे।लकडाउनको समयमा कर दाताले मूल्य अभिबृद्धि कर र अन्तःशुल्कको काम नगरेता सबै बिबरण बुझाउनु पर्ने भएकाे छ।



करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भूक्तानी गर्न भनिएको हाे रिजालले भन्नू भयाे। लकडाउनले हिडडुल गर्न कठिनाई भएमा आन्तरिक राजस्वबिभागकोवेबसाईडwww.ird.gov.np मा गई आँफुले भर्नुपर्ने बिबरण भरि आफ्नो फर्मको खाताबाट सोझै अानतरिक राजस्व कार्यालयको खातामा भूक्तानी गर्न सकिने भएकाे छ। जसका लागि अफ्ठ्यारो छ उनीहरुले सम्बन्धित बैंकबाट भूक्तानी गर्न मिलने बताए। लकडाउनका समयमा अतिरिक्त कर तिर्न नभनेको भन्दै रिजालले कर दाताले कार्यालयलाई तिर्न बिभिन्न माध्यमबाट संकलन गने गरि कर तिर्नु भनेको है उनिले भने। फागुन अगाडिका महिनाका बिबरण र करका लागि भने म्याद थप नरहेकाे स्पष्ट समेत पार्नुभएकाे छ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले अहिले लकडाउनै भएकाले कम्तिमा असार २५ गते सम्म समय दिनुपर्ने हाे भन्नू भयाे। लकडाउनका कारण व्यवसाय वन्द भएकाले संकटको समयमा कर तिर्ने पैसा कर्मचारीको तलब लगायतमा खर्च भएको भन्दै लकडाउन खुलेपछि नै कर तिर्न सहज हुने राजु श्रेष्ठले बताउनुभयाे। अानतरिक राजस्व कार्यालयमा करिब ६० हजार करदाताहरु छन् । चितवन र नवलपुर जिल्ला हेर्दै आएको राजस्व कार्यालयले गएको बैशाखमहिना सम्म एकाईसअर्ब राजस्व संकलन गरेको पाईएकाे छ। भने त्यस अबधिको लक्ष्यपैतिस अर्ब रहेको थियो । हालचालु वर्षको लक्ष्य त्रिचालीस अर्ब रहेको छ ।
रिपोर्ट शंकर श्रेष्ठ,








