नेपालमा कोरोना भाइरस संक्रमणका कारण १२ औं व्यक्तिको मृ’त्यु

काठमाडौं, २४ जेठ:नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । डोल्पामा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि लिइएको स्वाब परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

होम क्वारेन्टिमा रहेका उनी १२ जनाको समूहमा यहि जेठ १८ गते सुर्खेतबाट डोल्पा पुगेका थिए । उनको जेठ २० गते मृत्यु भएको थियो । त्यसको दुई दिनपछि स्वाब संकलन गरिएको थियो ।

अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु भएका १२ जना मध्ये १० जनामा कोरोना भाइरसको संक्रमण मृत्यु पछि मात्रै पुष्टि भएको छ ।

सम्बन्धित खवर

Back to top button