जाजरकोटमा एक प्रहरीसहित ४ जनामा कोरोनाको संक्रमण पुष्टि


काठमाडौं ,२४ जेठ: जाजरकोटमा चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।संक्रमण हुनेहरुमा एक प्रहरी पनि रहेकााछन्।
सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।



उनीहरु सवैको जेठ १२ गते स्वाब संकलन गरिएको थियो । संक्रमित तीन जना भारतबाट आएका थिए । उनीहरु क्रमश ६, १४, ३३ र ५२ वर्षीय रहेको महाशाखा प्रमख तिवारीले बताए ।








