अपि सामुदायिक अस्पताल पुगी कोरोना संक्रमितहरुलाई हौसला दिदै सासद मल्ल


डडेल्धुरा,२४ जेठ : कोरोना माहामारीका बेला निरन्तर जिल्लाबासीको पिरमार्काका मलम लगाउदै नेपाली काग्रेस डडेल्धुराका सभापति एव सुदुरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले कारोना संक्रमण भएका व्यक्तिहरलाई हौसला दिन जिल्ला सदरमुकाम स्थित बागबजारमा रहेको अपि सामुदायिक अस्पताल पुगेका हुन ।
डडेल्धुरा जिल्लामा पहिलो पटक शुक्रबार एउटै गाउपालिकाका ५जनामा कोरोना संक्रमण भएका व्यक्तिहरुलाई विभिन्न सल्लाह, खानपान र अन्य कुराहरुको बारेमा जानकारी गराउदै सासद मल्लले उनीहरुलाई हौसला दिनका साथैआत्मबल बढाउने कार्य समेत गरेका हुन।



डडेल्धुरा जिल्लामा कोरोना रोग परिक्षणका लागी कोरोना अस्पताल निर्माण गर्नका लागी डडेल्धुराका राजनैतिक दल र स्थानीय सरोकारवालाहरु विच शनिबार छलफल भएको र त्यसको व्यवस्थापनको लागी जिल्ला सदरमुकाम स्थित बागबजारमा रहेको अपि सामुदायिक अस्पताललाई कोरोना अस्पतालको रुपमा संन्चालन गर्ने निर्णाय गरि संन्चालन गरेको प्रदेश साँसद मल्लले बताए ।
सासद मल्लकै गृह गाउँपालिका रहेको गन्यापगुरा गाउँपालिका वडा नं-१ र २ का गरी ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुलाई शनिबार आज बेलुका मात्रै क्वारेन्टाईनबाट जिल्ला सदरमुकाम स्थित अपि सामुदायिक अस्पताल डडेल्धुराको आईसुलेसनमा ल्याई राखिएको छ ।
जिल्ला सदरमुकाम स्थित अपि सामुदायिक अस्पताल डडेल्धुराको आइसुलेसनमा राख्नु पुर्व प्रदेश साँसद मल्लले संक्रमितहरुलाई व्यक्तिगत सरसफाई,तातोपानीको प्रयोग गर्न र कुनै समस्या भए तत्काल सम्र्पक आउन भन्दै आफ्नो व्यक्तिगत मोबाइल नम्बर उपलब्ध गराएका थिए ।
‘आईसोलेसनमा रहेका व्यक्तिहरुका लागी घरायसी रोगप्रतिरोधात्मक जटीबुटी जस्तै टिमुर,हल्दी,गुर्जो,बेसार, अदुवा लगायतका जटीबुटीहरुको मिश्रण गरेर दिनमा ३/४ चोटी खुवाउने व्यवस्था मिलाउदै छु ।’प्रदेश साँसद मल्लले भने








