सुदूरपश्चिममा तत्काल स्वाब संकलन सुरु गर्न काँग्रेस केन्द्रीय सदस्य साँउदको माग

काठमाडौँ, २५ जेठ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको काम तत्काल सुरु गर्न ध्यानाकर्षण गराएका छन्।

आज बिहान स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर पूर्व मन्त्री समेत रहेका नेता साउदले कोरोनाका सम्भावित संक्रमितको नमुना संकलनको स्थगीत काम तत्काल सुरु गर्न माग गरेका हुन्।

नेता साउदले भारतका विभिन्न स्थानबाट फर्किएकाहरुबाट संक्रमणको जोखिम भएकाले जुनसुकै बेला पनि भयावह अवस्था सिर्जना सम्भावना रहेका भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

यस्तै मन्त्री ढकालसँग साउदले धनगढी, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा र अछामको विनायकमा समेत कोरोना परीक्षणको व्यवस्था मिलाउन माग गरेका छन्। सुदूरपश्चिम प्रदेशमा सरकारले धनगढीबाट एउटा पीसीआर मेसिनबाट कोरोनाका सम्भावित संक्रमितको परीक्षण गर्दै आएको छ।

दैनिक दुई सय ५० नमूना मात्र परीक्षण गर्ने क्षमता हुँदा संकलीत नमूना थन्क्याउनुपर्ने बाध्यताका कारण स्वास्थ्य निर्देशनालयले पाँच दिनका लागि स्थगीत गरेको छ।

सम्बन्धित खवर

Back to top button