भारतसँगको सिमा विवादबिच चीनको शक्ति प्रदर्शन

काठमाडौं,२६ जेठ:चीनको सरकारी मिडियाले भारतसँग पूर्वी लद्दाखमा जारी तनाव भारतमाथि दबाब बनाउने प्रयास गरिरहेको छ । ग्लोबल टाइम्सले आइतबार चिनियाँ सैनिकहरुको युद्ध अभ्यासको भिडियो साझा गरेको छ । भिडियोमा चीनले सीमामा जुनै पनि समयमा सैनिक र हतिया ग्लोबल टाइम्सको दाबी अनुसार चिनियाँ जनमुक्ति सेनाले उत्तर–पश्चिमको उच्च क्षेत्रमा ठूलो संख्यामा युद्ध अभ्यास गरेको छ । यसमा हजारौँ प्याराट्रुपर्स र बख्तरबन्द गाडीले भाग लिएका छन् ।

ग्लोबल टाइम्सको रिपोर्टमा चीनले आवश्यकता परेमा आफ्नो सीमा सुरक्षालाई कति चाँडो मजबुत बनाउन सक्छ भन्ने देखाउने प्रयास गरिएको छ । शनिबार सीसीटीभीले पनि पीएलएको एयरफोर्सको एयरबोर्न ब्रिगेडले हुबेई प्रान्तबाट हजारौँ किलोमिटर टाढा उत्तर पश्चिममा एक अज्ञात स्थानमा युद्ध अभ्यास गरेको बताएको छ ।

चीन एक धारणा बनाउने कोशिस गर्दैछ कि उसको सेना उच्च क्षेत्रमा पनि युद्धका लागि तयार गर्दैछ यता भारतीय रक्षा विश्लेषक नितिन गोखले बताए। यसअघि शनिबार पूर्वी लद्दाखमा देखिएको तनाव हल गर्न दुई देशका सैन्य अधिकारीहरुको बैठक बसेको थियो । आइतबार भारतको विदेश मन्त्रालयले बैठकबारे जानकारी दिँदै दुवै देश शान्तिपूर्ण तरिकाबाट विवाद समाधान गर्न तयार रहेको बताएका थिए ।

भारत र चीनबीच ३ हजार ४८८ किलोमिटर लामो लाइन अफ एक्चुअल कन्ट्रोल रहेको छ । यसमा दुई देशबीच विवाद रहेको छ । सीमा विवादकै विषयमा भारत र चीनका सैनिकबीच मे महिनामा तीन पटक झडप भइसकेको छ ।

सम्बन्धित खवर

Back to top button