पाकिस्तानको पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीसहित रेलमन्त्री र पञ्जाब प्रान्तका पूर्वस्वास्थ्यमन्तत्रीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं,२६ जेठ:सोमबार पाकिस्तानको पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनको परिवार र पार्टीले बताएको छ । अब्बासी नवाज सरिफ पदमा रहन अयोग्य घोषित भएपछि सन् २०१७ देखि २०१८ सम्म १० महिना पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेको जानकारी प्राप्त भएको छ।

यसैबीच पाकिस्तानका रेलमन्त्री शेख रसिद अहमद र पञ्जाब प्रान्तका पूर्वस्वास्थ्यमन्त्री खावाजा सलमान रफिकलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पाकिस्तानको रेल मन्त्रालयका प्रवक्ताका अनुसार रेलमन्त्रीलाई कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन र अहिले उनी रावलपिण्डीमा रहेको आफ्नै घरमा आइसोलेसनमा बसेका छन् ।

पाकिस्तानका अन्य हाइप्रोफाइल संक्रमितमा सिन्ध प्रान्तका गभर्नर इमरान इस्माइल र सभामुख असद क्वैजर पनि रहेका बताइएको छ ।

सम्बन्धित खवर

Back to top button