सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि


धनगढी,२७ जेठ : सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १० जनामा देखिए सँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ ।
आज धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।



श्रेष्ठका अनुसार आज पुष्टि भएकामा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका १/१ जना रहेका छन् ।








