लकडाउनको नयाँ स्वरूप बारे आज प्रधानमन्त्रीले सम्बोधन गर्ने


काठमाडौं, २८ जेठ : बिहान ११ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने जानकारी रहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीले बजेटमा सांसदहरूले राखेको जिज्ञासालाईसमेत समेटर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्री ओलीले बजेटमा सांसदहरूले राखेको जिज्ञासालाईसमेत समेटर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने जानकारी दिए ।लकडाउनको नयाँ स्वरूप बारे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। त्यस्तै लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक बस्ने छ।



आजको मन्त्रिपरिषद् बैठकले अब लकडाउन कस्तो बनाउने, कहिलेसम्म लम्ब्याउने भन्ने विषयमा समेत निर्णय गर्ने एक मन्त्रीले मन्त्रीले जानकारी दिए। लकडाउन लम्बिँदै गएपछि व्यवसायी तथा सर्वसाधारणले उल्लंघन गर्ने क्रम बढिरहेको छ। काठमाडौं उपत्यकामा पसल खोल्ने विषयमा दैनिकजसो व्यापारी र प्रहरीबीच विवाद हुने गरेको छ।








