लक्षण नदेखिएको कोरोना संक्रमित व्यक्तिबाट कोरोना भाइरस दोस्रो व्यक्तिमा नसर्ने : डब्लु एच ओ

काठमाडौं, २८ जेठ : डब्ल्यूएचओका अधिकारीहरुले काराेनाकाे बिनालक्षण संक्रमण फैलन सक्ने भए पनि यो नै फैलावटको मुुख्य माध्यम नभएको बताएका छन् । डब्ल्यूएचको उपलब्ध डाटाका अनुुसार कोरोनाको लक्षण नदेखिएका संक्रमितहरुले दोस्रो व्यक्तिलाई संक्रमण सार्ने घटना दुुर्लभ देखिएको छ

डब्ल्यूएचको आपतकालीन रोग र जुुनोसिस विभागकी प्रमुुख डा मारिया भान केरकोभले भनिन्, “विश्वका सरकारहरु लक्षण देखिएका संक्रमितलाई पहिचान गर्न र आइसोलेट गर्नमा केन्द्रित हुुनुपर्दछ र यसका साथै उनीहरुको सम्पर्कमा आएकाहरुको पनि पहिचान गर्नुुपर्दछ।” अधिकांश अनुुसनधान र डेटाहरुले के कोरोनाको लक्ष्यण नदेखिएकाहरुबाट भाइरस व्यापक रुपमा फैलन सक्छ ? भन्ने प्रश्नको सत्यतथ्य जवाफ दिनुुपर्नेमा डा.केरकोभले जोड दिएकी छन्।

“हामीसँग विस्तृत रुपमा कन्ट्याक्ट ट्रेसिङ गरिरहेका देशहरुको धेरै रिपोर्टहरु उपलब्ध छन्। उनीहरुले बिना लक्षणका केसहरु र सम्पर्कमा आएकाहरुलाई पनि पछ्याइरहेका छन्’, उनले भनिन्, ‘यस्तो गर्दा उनीहरुले दोस्रो व्यक्तिमा संक्रमणको फैलावट पाइरहेका छैनन्। यो एकदमै दुुर्लभ छ।”

सम्बन्धित खवर

Back to top button