सुदूरपश्चिममा ६६ हजार भन्दा बढी मानिसहरु क्वारेन्टिनमा

डडेल्धुरा, २८ जेठ : सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका ६६ हजार भन्दा बढी मानिसहरुलाई क्वारेन्टिनमा राखिएको छ। भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ६५ हजार नौँ सय ९१ जनालाई नौँ जिल्लाका एक हजार ८ सय १३ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

क्वारेन्टिनमा राखिएका मध्ये ५५ हजार सात सय ३० जना पुरुष र १० हजार दुई सय ६१ जना महिला रहेका छन्।सबैभन्दा बढि कैलालीमा २१ ह्जार चार सय ५४ जना, डोटीमा १० हजार चार सय, अछाममा ८ हजार एक सय ४५ र कञ्चनपुरमा सात हजार २ सय ४० जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

बाजुरामा पाँच हजार दुई सय २३, बैतडीमा चार हजार चार सय ५७, डडेल्धुरामा चार हजार चार सय १०, बझाङमा तीन हजार एक सय ४४, दार्चुलामा एक हजार पाँच सय १८ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन। सुदूरपश्चिम प्रदेशमा ८० हजार एक सय ८ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ।

सम्बन्धित खवर

Back to top button