यो बर्ष पाएको बजेट बाँडफाँड यसरी गरियो , स्वास्थ्य तथा जनसंख्या मन्त्राल


काठमाडौं, २८ जेठ : ९० अर्ब ६९ करोड १ लाख रुपैयाँको ६. २५% बजेट प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमको आधारमा बाँडफाँट गरेको बताएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७/ ०७८ का लागि प्राप्त गरेको ९० अर्ब ६९ करोड १ लाख रुपैयाँको बजेटको बाँडफाँट गरेको हो। मन्त्रालयले संघले सञ्चालन गर्ने कार्यक्रमका लागि ६० अर्ब ६७ करोड ८८ लाख रुपैयाँ अर्थात ६६. ९१प्रतिशत, प्रदेशका लागि ४ अर्ब ६० करोड २ लाख रुपैयाँ अर्थात् ५. ०७ प्रतिशत र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रमका लागि २५ अर्व ४१ करोड ११ रुपैयाँ अर्थात २८. ०२ प्रतिशत हिस्सा छुट्याएको छ।



सातवटा प्रदेशले गर्ने स्वास्थ्यका कार्यक्रमका लागि ५ .०७ प्रतिशत अर्थात् ४ अर्व ६० करोड २ लाख रुपैयाँ विनियोजन गरेको छ।
मन्त्रालयले प्रदेश नं १ का लागि ६९ करोड ७८ लाख रुपैयाँ, प्रदेश नं २ मा ६१ करोड ९३ लाख रुपैयाँ र बागमती प्रदेशका लाग ६५ करोड २२ लाख रुपैयाँ छुट्याएको छ।
यस्तै, गण्डकी प्रदेशलाई ५४ करोड ९३ लाख रुपैयाँ, प्रदेश नं ५ लाई ७५ करोड ४९ लाख रुपैयाँ, कर्णाली प्रदेशलाई ६४ करोड २७ लाख र सुदूरपश्चिम प्रदेशलाई ६८ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ।
मन्त्रालयले प्रदेशमा हुने कार्यक्रमहरुका लागि रकमसमेत छुट्याएको छ। मन्त्रालयले संघमा राखेको बजेटको केही हिस्सा प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरण भएर पनि जाने गर्दछ। कोरोना महामारी सग सिंगो देश जुधि रहेको बेला यस पटक सरकारको स्वास्थ्यमा बजेटको प्राथमिकतामा परेको थियो ।
त्यसमा पनि कोरोना रोकथाम तथा नियन्त्रण र स्वास्थ्य संस्था स्तरउन्नतीका ठूलो रकम छुट्याएको छ। त्यसबाहेक स्वास्थ्यले आफू अन्तरगर्तका निकाय तथा महाशाखालाई नियमित रुपमा दिने तथा कार्यक्रमअन्तर्गत दिने बजेट यसरी भाग लगाएको छ।








