नेपालले भारतलाई नसोधी एक पक्षीय रुपमा नक्सा जारी र संशोधन गर्न नहुने , सरिता गिरी

काठमाडौँ,२८ जेठ: सांसद सरिता गिरीले संविधान संशोधन विधेयक नै खारेज गर्नुपर्ने संशोधन दर्ता गरेकी छिन्। निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्न सरकारले ल्याएको विधेयकलाई पारित गर्दै मंगलबार प्रतिनिधिसभाले संशोधन दर्ता गराउन ७२ घण्टाको समय दिएको थियो।

उक्त समयकाे सदुपयोग गर्दै गिरीले नेपालले विना प्रमाण नक्सा संशोधन गर्न लागेको भन्दै साविककै निशान छापलाई निरन्तरता दिनुपर्ने संशोधन दर्ता गराएको विधेयक शाखाका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। उनले संशोधन प्रस्ताव नै खारेज गर्नुपर्ने प्रस्ताव गरेकी छिन्।

उनको पार्टीले संशोधनलाई समर्थन गर्ने निर्णय गरे पनि सांसद गिरी भने संशोधन प्रस्तावको विपक्षमा उभिन पुगेकी हुन्।गिरीले नेपालले भारतलाई नसोधी एक पक्षीय रुपमा नक्सा जारी र संशोधन गर्न नहुने बताउँदै आएकी छिन्।

संशोधनमा लिम्पियाधुरा, लिपुलेक, कुटी, गुञ्जी नावीलगायका क्षेत्र नेपालको नक्सामा समेट्ने प्रस्ताव गरिएको छ।

सम्बन्धित खवर

Back to top button