‘कोरोनालाई गर्मी वा जाडो मौसमले फरक पार्दैन’,एब्लु एच ओ

काठमाडौं, २९ जेठ:विश्व स्वास्थ्य संगठनले तापक्रम बढ्दा अर्थात् गर्मी मौसम हुँदा कोरोना भाइरसको संक्रमण घट्छ भन्ने कुरा गलत साबित भएको स्पष्ट पारेको छ ।

मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नदेखिएको डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा. माइक रायनले बताएका छन्।

‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ भन्ने । यसको अर्थ कोरोनालाई गर्मी वा जाडो मौसमले खासै फरक पार्दैन । गति उस्तै रहन्छ।’उनले भने।

कोरोना महामारीको शुरुवातीमा केही अनुसन्धानकर्ताले मौसम गर्मी भएपछि कोरोना संक्रमण पनि कम हुन्छ भन्ने ठानेका थिए । तर कोरोना संक्रमण जुन गतिमा फैलिरहेको छ, त्यसले यो मान्यता पनि गलत साबित गरेको उनले बताए। उनले थपे, ‘मौसम परिवर्तनबाट यो भाइरस खतरनाक हुने वा तीव्र गतिले फैलिने वा नफैलिने त्यस्तो कुनै तथ्यांक अहिलेसम्म हामीसँग छैन ।’

महामारीको शुरुवातमा गर्मी शुरु भएपछि कोरोना भाइरसको संक्रमण कम हुने चर्चा चलेको थियो । तर हालसम्म भाइरसको प्रकृति हेर्दा र संक्रमण दर हेर्दा त्यो कुरा सत्य नभएको देखिएको छ ।

डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका प्रमुख रयानले कुनै देशमा स्वास्थ्य सुविधाको स्थिति निकै खराब रहेको र त्यहाँको अवस्था चिन्ताजनक रहेको पनि बताएका छन् ।

सम्बन्धित खवर

Back to top button