हजारौंको संख्यामा सरकार बिरुद्ध प्रदर्शन सरु : सेनाले भ्रष्टचार गरेको खुलासा


डिलकुमारि नेपाल,जेष्ठ २९, भरतपुर :चितवनको भरतपुरमा अाज चौविसकोठीमा सरकारको पछिल्लो कामको विरोध गर्दै शान्तिपुर्ण विरोध प्रदर्शन भएकाे छ । कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै चितवनका युवाहरुले सडकमा नै शान्तिपूर्ण रुपमा प्रदर्शनि गरेका हुन्।सयौंको संख्यामा रहेका उनीहरूले विभिन्न नारा लेखिएको सरकार विरोधी प्ले कार्ड प्रर्दशन गर्दै विरोध गरेका हुन्।

प्रदर्शनकारीहरुले दश अर्ब खोई ?, पीसीआर प्रविधिबाट परीक्षण गर, आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्नुपर्ने माग राख्दै नेपालिहरु अब सजक हुनुपर्छ भन्दै विरोध गरेकाे छन। त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका हुन्।
यसअघि हिजो बालुवाटार अगाडि भएको हजारौंको शान्तिपुर्ण जुलुसमा पनि सरकारले दमन गरेको थियो । जसको फलस्वरुप आज देशभर बिरोध शुरु भएको हाे ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको शान्तिपुर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको थियो ।यसैका कारण सबै नेपालिले अाज देश भर पेलेकाड सहित शान्तिपूर्ण अान्दोलन गरेका हुन।
सरकारको काम कार्वाही को व्यापक आलोचना भइरहेको छ तर पनि सरकारले कुनै वास्ता र पहल नगरेको देखिन्छ । यस वि सेनाले खरिद गरेको आौषधीमा पनि व्यापक भ्रष्टचार गरिएको खुलासा भएको छ।











