थप २ सय ५० जनामा  कोरोना संक्रमण पुष्टि,कुल संक्रमितको ४६ सय १४ पुग्यो

काठमाडौं,२९ जेठ : आज (बिहिवार) थप २ सय ५० जनामा  कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। डिस्चार्ज हुनेको संख्या  ८ सय ६१ पुगेको छ ।

सम्बन्धित खवर

Back to top button