बाजुरामा चार दिने नवजात शिशुसहित १७ जना कोरोना संक्रमण

बाजुरा, २९ जेठ : बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी नवजात शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी नवजात शिशुमा समेत कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।

ती बालिका जेठ १५ गते जन्मेकी थिइन् । उनी जन्मेको चौथो दिनमा अस्पतालमा स्वाब संकलन गरिएको थियो । बाजुरा बुढीगंगामा ती नवजात शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

सम्बन्धित खवर

Back to top button