माता लक्ष्मीको दर्शन गरी जान्नुहोस् तपाईंको शुक्रबार

३० जेठ २०७७, शुक्रवार विश्कम्भ भाद्र शतभिषा , विश्व बालश्रम विरुद्ध दिवस

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनीपनि हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्नसक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज नयाँ कर्यको थालनी हुनेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । अध्ययन अध्यापन सफल नै रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज आधुरा र रोकिएका काम सम्पादन हुने योग छ । साथीभाइहरूसँग भेटघाट हुनेछ । व्यापार व्यवसाय विस्तारै सुधार उन्मुख हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

सम्बन्धित खवर

Back to top button