सशस्त्र प्रहरीको राइफल खोस्ने १ भारतीयको मृ’त्यु ३ को आवस्था गम्भीर

काठमाडौं ३० जेठ : नेपाल भारत सिमानाको विवाद संगै कोरोना संक्रमण बढेपछि नेपाल सरकारले सशस्त्र प्रहरीको थप बल नेपाल भारत सीमानामा खटाएको थियो । सशस्त्र प्रहरी बल सिमामा खटिए संगै नेपालीहरु धमाधम नेपाल भित्रिइरहेका छन् । यसका साथै भारतीय तस्कर तथा  नागरिकहरु अवैध रुपमा हेपेेेेरै नेपाल प्रवेश गर्न खोजिि रहन्छन् ।

यध्यपी आज सर्लाहीको सीमावर्ती क्षेत्रका केहि व्यक्ति नेपाल छिर्ने क्रममा  प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच दोहोरो झडप भएको छ । सो झडपमा एकको मृत्यू र ३ जना घाइते भएको छ । केही भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोज्दा ति व्यक्तिलाई सोधपुछको लागि रोकेपछि सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको हो ।

सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ३ स्थित नारायणपुरस्थित सीमा क्षेत्रमा सशस्त्र सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । मृत्यु हुनेको व्यक्तिको परिचय खुल्न नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए

। घाइतेमध्ये एकको अवस्था गम्भीर र २ जनाको अवस्था समान्य रहेको प्रमुख जिल्ला अधिकारी जिसिले बताए । त्यसक्रममा भएको झडपमा परी भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर बन्दुक पनि खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय नागरिकले बन्दुक खोस्ने प्रयास गरेपछि झडप भएको थियो ।

यसरी बारम्बार भारतीय नागरिकहरुले नेपाल प्रहरी र सुरक्षाबल लाइ हेपेर अवैध कार्य गर्ने गरिरहेका छन।

अहिलेको समयमा सिमानामा सुरक्षा सतर्कता नबडाएमा परिस्थिति गम्भीर हुने खतरा बडेको छ।  सुरक्षाकर्मीलाइ  थप सशक्त बनाइ उच्च मनोवलका साथ खटाउनु पर्ने हुन्छ।

सम्बन्धित खवर

Back to top button