बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल जारी

काठमाडौं, ३० जेठ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा छलफल अहिले पनि जारी छ।

एमसीसी सम्झौताको टुंगो लगाउने ,स्थगित पार्टी सचीववालय र स्थायी कमिटी बैठक गर्ने लगायत मुद्दालाई लिएर ओली र प्रचण्डबीच छलफल भइरहेको स्रोतले बतायो।

अहिलेकै अवस्थामा एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने मामिलामा ओलीलाई प्रचण्डलगायत सचिवालयका बहुमत नेताले साथ नदिने देखिएपछि ओलीले पछिल्लो पटक निर्धारित सचिवालय बैठक स्थगित गरेका थिए।

सम्बन्धित खवर

Back to top button