उद्धारको भाडा अलिकति घट्यो, अलपत्र कामदारको तनाव अझै घटेन

काठमाडौं, ३० जेठ : चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट नेपाली ल्याउन तोकेको भाडादर थोरै घटाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आंशिक संशोधनपछि अब विभिन्न प्रमुख श्रम गन्तव्य मुलुकको भाडा ५ हजारदेखि साढे ९ हजारसम्म घटेको छ ।यसअघि नियमित उडानभन्दा चार गुणा बढी लिने गरी तय भएको भाडादर अब करिब तीन गुणाको तहमा ओर्लिएको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्का हाल तय भएको भाडादर आफूहरुले प्रस्ताव गरेकै हाराहारीमा रहेको बताउँछिन् ।

‘हामीले प्रस्ताव गरेकै रकमको सेरोफेरोमा भाडादर स्वीकृत भएको छ,’ उनले भनिन् । सरकारले प्रमुख श्रम गन्तव्यहरुको उडानमा ४५ देखि ८० डलरसम्म मूल्य घटाएको छ । तर, अझै पनि समस्यामा परेका नागरिकलाई रहात दिनेखालको भाडादर तोकिएको छैन । सरकारले यसअघि भाडादर तोक्दा गैरजिम्मेवार भएर अन्यायपूर्ण तरिकाले चर्को भाडा तोकिएको यो निर्णयबाट स्पष्ट हुन पुगेको छ । यसअघि नेपाल एयरलाइन्सले प्रस्ताव गरेको भन्दा महँगो भाडा किन तय गरिएको थियो भन्ने मन्त्रालयले खुलाएको छैन ।

तर, अझै पनि न्यायपूर्ण भाडादर कामय भएको छैन । ओमानको नेपाली दूतावासले सलाम एयरमार्फत ३४ हजार रुपैयाँमा उद्धार गर्ने तयारी गरिररँदा ६२ हजार रहेको ओमानको भाडा घटाएर सरकारले करिब साढे ५५ हजार तोकेको छ । साउदीबाट फर्किनुपर्ने नेपालीले ६५ हजार देखि साढे ८३ हजारसम्म भाडा तिर्नुपर्ने भएको छ । दमाम, रियाद र जेद्दाको लागि फरक(फरक भाडादर तय गरिएको छ ।

दुबईको भाडा करिब साढे ४५ हजार तय भएको छ भने मलेसियाको साढे ५६ हजार । बहराइन र कतारबाट फर्किने अलपत्र कामदारले साढे ५९ हजार रुपैयाँ र ओमानबाट फर्किनेले साढे ५५ हजार रुपैयाँ भुक्तानी गरेपछि मात्रै टिकट पाउनेछन् । खाडी देश जोर्डलबाट फर्किन साढे ९३ हजार र कुवेतबाट फर्किन ६२ हजार खर्चिनुपर्ने छ । साइप्रसबाट फर्किने टिको मूल्य १ लाख तय भएको छ । कोरियाबाट आउन १ लाख ६ हजार रुपैयाँ तिरेर टिकट किन्नुुपर्ने छ ।

सम्बन्धित खवर

Back to top button